क्‍वारेन्टाइनको नियम बेकारः बेलायती वैज्ञानिक <p>लन्डन। एक बेलायती वैज्ञानिकले कोरोना संक्रमणको उपचारका लागि अपनाइएको क्&zwj;वारेन्टाइनको नियमलाई बेकार बताएका छन्।</p> <p>बीबीसीका अनुसार लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिनका प्राध्यापक पिटर पायोटले बाहिरबाट आउने मानिसलाई १४ दिन क्&zwj;वारेन्टाइनमा राख्&zwj;ने नियम भविष्यमा हटाउनुपर्ने बताए। प्राध्यापक पायोट इबोला र एचआईभी भाइरसको अनुसन्धानका लागि चर्चित वैज्ञानिक हुन्।</p> <p>कोरोना संक्रमणको संख्या कम भएको समयमा मात्र क्&zwj;वारेन्टाइन नीति ठीक रहेको उनको भनाइ छ। जब संक्रमण तीव्र गतिमा संसारभर फैलियो, अझै त्यही नियममा अल्झिनुको अर्थ नभएको उनले बताए।</p> <p>जुन अन्तिम सातादेखि यो नियमको समिक्षा गर्न उनले बेलायत सरकारलाई सुझाएका छन्। दुई मिटरको भौतिक दूरी कायम गर्ने नियमको साटो सार्वजनिक स्थलमा मास्क लगाउन अनिवार्य गर्नुपर्ने उनको सुझाव छ।</p>
प्रतिक्रिया दिनुहोस्