नेपाल–चीन सीमाकाे १ नम्बर पिल्लरमा पुग्यो सशस्त्रको गस्ती टाेली
दार्चुला। व्यासको छांगरूमा स्थापना भएको सशस्त्र प्रहरीको टोली नेपाल-चीन सीमा क्षेत्रमा पुगेर फर्किएको छ।

सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्द नेतृत्वको २५ जना सशस्त्र प्रहरीको टोली नेपाल-चीन सीमा १ नम्बर सीमा स्तम्भसम्म पुगेको हो।

३ असारमा फोर्स मार्चमा हिँडेको सशस्त्रको टोली हिजो, ६ असारमा १ नम्बर पिल्लर पुगेर फर्किएको सशस्त्र प्रहरी बल नम्बर ५० गुल्मका डीएसपी डम्बरबहादुर बिष्टले जानकारी दिए।

“३ असारमा फोर्स मार्चमा गएको टोली नेपाल चीन सीमा क्षेत्रको १ नम्बर पिल्लर क्षेत्र पुगेर फर्किएको छ। छांगरूमा बीओपी स्थापना भएपछि पहिलोपटक त्यहाँ पुगेको हो”, डीएसपी बिष्टले भने।

३१ असारमा छांगरूमा सशस्त्र प्रहरीको बीओपी स्थापना गरिएको थियो। २५ जनाको टोलीले नेपाल, भारत र चीन त्रिदेशीय सीमा क्षेत्रमा नियमित गस्ती गरिरहेको उनकाे भनाइ छ।

सशस्त्रको टोलीले लिपुखोलामा भारतीय पक्षले लगाएको काठेपुल समेत हटाएको छ। आफ्नो क्षेत्रमा सशस्त्र प्रहरीले नियमित गस्ती गर्न थालेपछि व्यासवासीले सुरक्षाको अनुभूति गर्न थालेका छन्।

सीमा सुरक्षार्थ खटिएका सशस्त्रले सीमा क्षेत्रमा हुने अन्य अपराधिक गतिविधिहरू पनि न्यूनीकरण हुने अपेक्षा स्थानीयको छ।

प्रतिक्रिया दिनुहोस्