डडेल्धुरा अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण <p>कैलाली। ह्युमानिटी फाउण्डेसन नेपालले डडेल्धुरा अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेको छ।</p> <p>ह्युमानिटी फाउण्डेसन नेपालका अध्यक्ष श्याम तायल र उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले आज डडेल्धुरा उपक्षेत्रीय अस्पतालका अध्यक्ष करुणाकर ओझालाई पीसीआर मेसिन हस्तान्तरण गरे।</p> <p>पीसीआर मेसिनको अभावमा सुदूरपश्चिमका सातवटा पहाडी जिल्लामा कोरोना परीक्षणमा कठिनाइ भएपछि ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्