काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभावहरूको सूक्ष्म अध्ययन गर्दै स्पष्ट रणनीति निर्माण गर्न उच्च सैनिक अधिकृतहरूलाई निर्देशन दिएका छन्।
सैनिक मुख्यालय जंगीअड्डामा सञ्चालित ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को समापन समारोहमा बोल्दै उनले सेनालाई जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी बन्न समेत आग्रह गरे।
‘बैठक समापनको अवसरमा प्रधानसेनापति थापाले नेपालको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डतालाई अक्षुण राख्दै आफ्नो संवैधानिक दायित्व निर्वाह गर्न नेपाली सेना सदाझैं प्रतिवद्ध रहेको बताउनु भयो,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ।
नियमितरूपमा आयोजना हुने समन्वयात्मक बैठकमा जंगीअड्डास्थित विभिन्न कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालय तथा सबै पृतनाहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको कार्य प्रगतिको समीक्षा गरेका थिए।
बैठकमा कोभिड-१९ महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रण कार्यमा नेपाली सेनाले निर्वाह गर्दै गरेको भूमिका, राष्ट्रिय सुरक्षा वातावरणको समिक्षा तथा भविष्यमा आउन सक्ने चुनौती र सुझावलगायत अन्य परिस्थितीजन्य विषयहरू सम्बन्धमा पनि छलफल भएको थियो।
" /> काठमाडौं। प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरण र त्यसले राष्ट्रिय सुरक्षाका विविध पक्षहरूमा पार्ने प्रतिकूल प्रभावहरूको सूक्ष्म अध्ययन गर्दै स्पष्ट रणनीति निर्माण गर्न उच्च सैनिक अधिकृतहरूलाई निर्देशन दिएका छन्।सैनिक मुख्यालय जंगीअड्डामा सञ्चालित ‘पृतनापति समन्वयात्मक बैठक २०७७’ को समापन समारोहमा बोल्दै उनले सेनालाई जिम्मेवार, जवाफदेही, पारदर्शी र उत्तरदायी बन्न समेत आग्रह गरे।

">