काठमाडौं। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) विवादको भूमरीमा परेको धेरै भइसक्यो। भूमरीबाट उम्कने नेतृत्वको प्रयासले संस्थालाई दलदलमा झनै फसाउँदै लगेको छ।

दुई वर्षअघि निर्वाचनमार्फत केन्द्रीय कार्यसमितिमा 'क्लिन स्वीप' गर्दा ‘चेन्ज एन्फा’ र ‘सेभ नेपाली फुटबल’ को नारा घन्काउनेहरू नै अहिले दुई प्रष्ट धारमा ध्रुविकृत भएका छन्।

लामो समयसम्म तत्कालिन एन्फा अध्यक्ष गणेश थापाविरुद्धको आन्दोलन गर्दा एक ढिक्का भएकाहरू सफलतापछि भने एक रहन सकेनन्।

अध्यक्ष शेर्पाले जिल्ला समन्वय समितिको जिम्मेवारीबाट नेम्वाङलाई हटाएर उपाध्यक्ष वीरबहादुर खड्का तथा फुटसल कमिटीको संयोजकमा नेम्वाङ पक्षका केन्द्रीय सदस्य दावा लामालाई हटाएर अर्का केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठलाई नियुक्त गर्दै आफू पनि गुटबन्दीमा उत्रिएको सन्देश दिए।

आन्दोलनको दुःखमा नङ मासुको सम्बन्ध रहेकालाई सत्ताको सुखले विभाजित बनाएको छ। अध्यक्ष कर्मा छिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ कुनैबेला सबभन्दा घनिष्ट सहयात्री थिए। तर अहिले यिनै दुई फरक धारको नेतृत्व गरिरहेका छन्।

किन भयो ध्रुविकरण ?

नेतृत्वमा पुगेपछि केही समयसम्म एकता कायम रहे पनि एन्फाको ठूलो ढुकुटी सञ्चालन, विदेश भ्रमणका अवसर र प्रशासनिक चलखेलजस्ता विषयमा स्वार्थ बाझ्दा नेतृत्व धेरै समयसम्म एक ठाउँमा उभिन सकेन।

विभिन्न प्रशासनिक तथा नीतिगत विषयको बहानामा आ-आफ्ना स्वार्थको डम्फु बजाउन थाल्दा एक ढिक्का भएर चुनाव जितेको समूह सत्तामा पुग्ने वित्तिकै तितर-बितर भयो।

२६ माघ २०७६ मा अध्यक्ष शेर्पाको अध्यक्षतामा बसेको कार्यसमिति बैठकको निर्णयमा नेम्वाङले ‘नोट अफ डिसेन्ट’ लेखेपछि एन्फाभित्रको विवाद सतहमा देखियो।

कारवाहीको निर्णय विधान विपरित रहेको भन्दै व्यापक आलोचना भएपछि नेम्वाङलाई नेतृत्वविरुद्ध गुट चलाउने गज्जबको मौका मिल्यो। त्यही निर्णयको विरोध गर्दै नेम्वाङले आफ्नो भूमिका स्पष्ट पारे।

त्यसअघि कुरा नमिल्दा ‘लञ्च मिटिङ’, विदेश यात्राको अवसर वा सामान्य लेनदेनबाट समस्या सल्टिने गरेको थियो। तर, नेम्वाङले औपचारिक रूपमै ‘नोट अफ डिसेन्ट’ लेखेर गुट चलाउने संकेत गरेपछि भने टालटुले समाधानका प्रयास प्रभावकारी बन्न सकेका छैनन्।

नेम्वाङले खुलेर एन्फा नेतृत्वको विरोध गर्न थालिसकेका छन्।

विवादका शृंखला

एन्फा सचिवालयले ललितपुर जिल्ला संघका अध्यक्ष पुरूषोत्तम थापामाथि भाइबर ग्रूपमा नेतृत्वविरुद्ध लेखेको बहानामा अनुशासनको कारवाही गरेको थियो।

शेर्पाले एउटा भिडिओ अन्तर्वार्ता ‘तराईमा राष्ट्रियताको भावना कम हुने’ भन्ने विवादास्पद अभिव्यक्ति दिए। जुन संघीय संसदमा पनि बहसको विषय बन्यो।

यस मुद्दा उठेलगत्तै बसेको एन्फा कार्यसमिती बैठकमा नेम्वाङ र केन्द्रीय सदस्य दावा लामाले अध्यक्षले नौतिकताका आधरमा राजीनामा दिएर छानविनका लागि बाटो खुला गर्नुपर्ने भन्दै शेर्पामाथि थप दबाब सिर्जना गर्ने प्रयास गरे। संसदमा पनि शेर्पामाथि निलम्बन गरेर कारवाही गर्नुपर्ने भन्दै सांसदहरू कुर्लिइरहेकै थिए।

‘चेन्ज एन्फा’ नारामा तत्कालीन अध्यक्ष गणेश थापाविरुद्धको अभियानमा सँगै हिडेका नविन पाँडे, पंकज नेम्वाङ, टासी घले लगायतकाले एकपछि अर्को गर्दै शेर्पाको साथ छोड्दै गएका थिए। यसले एन्फा अध्यक्ष शेर्पा विस्तारै सकसमा पर्दै गएका थिए।

कार्यसमिति बैठकले थापालाई कारवाही गर्ने भनी गरेको सचिवालयको निर्णय अनुमोदन गर्दै अनुशासन समितिमा पठाउने निर्णय गर्‍यो।

नेम्वाङ पक्षले थापालाई प्रतिशोधका आधारमा कारवाही गर्न नहुने तथा थापालाई कारवाही गरिए विधान विपरित अभिव्यक्ति दिएकाले अध्यक्षलाई पनि कारवाही हुनुपर्ने माग राखे। थापा दुई वर्षअघिको निर्वााचनदेखि नै शेर्पा पक्षको विरुद्धमा थिए।

‘‘म गलत कामको विरुद्धमा हुँ। नेतृत्वले गरेको गलत कामको विरोध गरेको हो। गलत काम गर्दा हिजो पनि मैले आवाज उठाएको थिए र आज पनि उठाइरहेको छु,’’ एन्फा वरिष्ठ उपाध्यक्ष नेम्वाङले भने, ‘‘मैले नरेन्द्र (श्रेष्ठ) दाईको पालामा पनि ‘नोट अफ डिसेन्ट’ लेखेको थिए। त्यतिबेला उहाँ (शेर्पा) खुशी हुनभयो। अहिले चाँही उहाँलाई विधिको कुरा उठाएको चित्त बुझेको छैन।’’

दुई दशकभन्दा लामो समय एन्फा नेतृत्व गरेका गणेश थापा विपक्षमा छदै थिए। तटस्थ भूमिकामा देखिएका निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठले पनि पछिल्लो समय शेर्पाप्रति असन्तुष्टि जनाउन थालेका छन्।

नेतृत्वको घले दाउ

विस्तारै एक्लिदै गएका एन्फा अध्यक्ष शेर्पाले आफूसँग भएकालाई एकिकृत गर्ने र विपक्षमा उभिएकालाई फुटाएर बलियो हुने रणनीति अपनाए।

त्यहीअनुरूप कुनै बेला आफैले कारवाही गरेका टासी घलेलाई एन्फाको मानार्थ अध्यक्षमा पुनर्वहाली गराएर शेर्पाले विपक्षीहरूलाई सन्देश दिन खोजेका छन्।

दुई वर्षअघि विपक्षी प्यानलबाट चुनाव लडेका रमेश रायमाझीलाई पनि घलेसँगै भित्र्याउने क्रममा लिग कमिटीको सह-संयोजकमा नियुक्त गरेर शेर्पाले मनोवैज्ञानिक चाल चलेका छन्।

घलेलाई पुनर्वहाली गर्न एन्फाले आपतकालीन समितिको बैठक बोलाएको थियो। आपतकालीन समितिका सदस्यहरू (चार उपाध्यक्ष) मध्ये एकजना मात्र अनुपस्थित भए पनि बैठकले वैद्यता नपाउने एन्फा विधानमा थियो।

फरक मतलाई संस्थाभित्रको आन्तरिक प्रजातन्त्रका रूपमा व्याख्या गर्दै उपाध्यक्ष खड्का भन्छन्, ‘हाम्रो संस्थाको सुन्दर पक्ष त्यही हो। मानिसले आफूलाई लागेका कुरा निर्धक्क रूपमा भन्न पाउँछन्। यो प्रजातान्त्रिक प्रक्रिया हो। फुटबल विकासको मुद्धामा हामी एकजुट छौं। कुनै धार छैन।’

विधानको त्यही बुँदालाई हेरेर नेम्वाङ स्वास्थ्यको कारण देखाउँदै बैठकमा अनुपस्थित भए। तर, घले कार्ड खेल्ने शेर्पाको रणनीति रोकिने कुरा थिएन।
उनले आपतकालीन कार्यसमितिको बैठक बोलाए र त्यहीँबाट घलेलाई आफैंले बर्खास्त गरेको मानार्थ अध्यक्षको पदमा पुनर्वहाली गराए।

घलेलाई भित्र्याएर बलियो बन्न बोलाइएको त्यही वैठकले भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरी अर्को तदर्थ समिति बनाउने विवादास्पद निर्णय गर्‍यो। जसका कारण फेरी एक पटक संसदमा एन्फा नेतृत्वको चर्को आलोचना भयो।

भक्तपुरका सांसद प्रेम सुवालले संघीय संसदमा एन्फाको नेतृत्व तानाशाही भएको भन्दै निर्णय फिर्ता गराउन माग गरे।

शेर्पाबाट पनि ध्रुविकरणको सन्देश

त्यस्तै, अध्यक्ष शेर्पाले जिल्ला समन्वय समितिको जिम्मेवारीबाट नेम्वाङलाई हटाएर उपाध्यक्ष वीरबहादुर खड्का तथा फुटसल कमिटीको संयोजकमा नेम्वाङ पक्षका केन्द्रीय सदस्य दावा लामालाई हटाएर अर्का केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठलाई नियुक्त गर्दै आफू पनि गुटबन्दीमा उत्रिएको सन्देश दिए।

शेर्पाको यो कदमलाई वरिष्ठ उपाध्यक्ष नेम्वाङ ‘पछिल्लो समय अध्यक्ष शेर्पा एकलौटी ढंगले चलेको र विपक्षमा उभिनेलाई सिध्याउने रणनीति’ का रूपमा बुझेका छन्।

पछिल्लो घटनाले एन्फामा नेम्वाङ र शेर्पाको दुई धार प्रष्ट देखिएको छ। तर, उपाध्यक्ष खड्का एन्फामा दुई धार भएको मान्न तयार छैनन्।

भन्छन्, ‘‘एन्फामा उहाँहरूले कति वटा धार बनाउनु भएको छ, त्यो मलाई थाहा छैन। तर, मैले सधै एन्फाका गलत कामको विरोध गर्दै आएको हो। हामीले गणेश थापाको पालामा पनि फरक मत राख्दै आएका थियौ। उहाँको कार्यशैलीको विरोध गरेका थियौं। तर, उहाँले फरक मत राख्नेलाई यस्तो व्यवहार गर्नु भएको थिएन।’’

आफ्नो जिम्मेवारी खेसिएकोमा नेम्वाङले भने, ‘‘उहाँलाई अप्ठ्यारो परेको भए मलाई भन्नुभएको भए हुन्थ्यो। म बाटो खुला गरिदिन्थे। तर उहाँले एक पटक पनि सोध्नुभएन। त्यसैले उहाँ कसरी चल्नु भएको छ भन्ने प्रष्टै देखिन्छ।’’

ध्रुविकरण होइन, प्रजातान्त्रिक प्रक्रिया

फरक मतलाई संस्थाभित्रको आन्तरिक प्रजातन्त्रका रूपमा व्याख्या गर्दै उनी भन्छन्, ‘‘हाम्रो संस्थाको सुन्दर पक्ष त्यही हो। मानिसले आफूलाई लागेका कुरा निर्धक्क रूपमा भन्न पाउँछन्। यो प्रजातान्त्रिक प्रक्रिया हो। फुटबल विकासको मुद्धामा हामी एकजुट छौं। कुनै धार छैन।’’

निर्णय चित्त नबुझ्नेले असन्तुष्टि जनाउन पाउने बताउँदै खड्का थप्छन्, ‘‘केही साथीहरूले असन्तुष्टी जनाउनुभएको हो। जहाँसम्म जिम्मेवारी बाँडफाँडको विषय छ, त्यो अधिकार हामीले अध्यक्षलाई दिएका छौं। उहाँले आफ्नो अधिकार प्रयोग गरेर जिम्मेवारी हेरफेर गर्नुभएको हो। अन्यथा केही होइन।’’

नेम्वाङ भने यसो मान्न तयार छैनन्। भन्छन्, ‘‘चेन्ज एन्फा अभियानमा मैले जसरी कुरा उठाउँदै आएको थिए। त्यसमा अहिले पनि अडिग छु। उहाँ (शेर्पा) चाँही अध्यक्ष भएपछि परिवर्तत हुनुभएको छ।’’

" /> काठमाडौं। नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) विवादको भूमरीमा परेको धेरै भइसक्यो। भूमरीबाट उम्कने नेतृत्वको प्रयासले संस्थालाई दलदलमा झनै फसाउँदै लगेको छ।

"> एन्फामा अध्यक्ष र वरिष्ठ उपाध्यक्षका प्रष्‍ट दुई धार: Dekhapadhi नङ-मासु झै एक भएर गणेश थापाविरुद्ध आन्दोलन गरेका शेर्पा र नेम्वाङ सत्तामा पुगेपछि एक रहन सकेनन्
• दुवै पक्षबाट गुट चलाउने औपचारिक सन्देश आइसकेको छ
• नेतृत्वबाट लगातार विवादित निर्णय हुँदा नेम्वाङ पक्षको आवाज चर्किँदै गएको छ

एन्फामा अध्यक्ष र वरिष्ठ उपाध्यक्षका प्रष्‍ट दुई धार

प्रतिक्रिया दिनुहोस्