काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको प्रहरी टोलीले करीब दुई किलो लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महोत्तरीको बर्दिवास नगरपालिका-१ स्थित रातु खोलाको पुल र कलश पेट्रोल पम्प नजिकबाट अफिमसहित उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–१ बस्ने ३८ वर्षीय दुर्गाबहादुर तामाङ र सोही ठाउँका ४५ वर्षीय बीरबहादुर तामाङ तथा सिरहा नराहा गाउँपालिका–३ का ३७ वर्षीय धनपैत यादवलाई रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट एक किलो ९७५ ग्राम अफिम बरामद भएको छ।
प्रहरीले ना ४० प ६१५७ नम्बरको रातो कालो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पनि बरामद गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीको जिम्मा लगाइएको छ।
" /> काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगञ्ज पर्साबाट खटिएको प्रहरी टोलीले करीब दुई किलो लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले महोत्तरीको बर्दिवास नगरपालिका-१ स्थित रातु खोलाको पुल र कलश पेट्रोल पम्प नजिकबाट अफिमसहित उनीहरूलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–१ बस्ने ३८ वर्षीय दुर्गाबहादुर तामाङ र सोही ठाउँका ४५ वर्षीय बीरबहादुर तामाङ तथा सिरहा नराहा गाउँपालिका–३ का ३७ वर्षीय धनपैत यादवलाई रहेका छन्। प्रहरीका अनुसार उनीहरूको साथबाट एक किलो ९७५ ग्राम अफिम बरामद भएको छ।
प्रहरीले ना ४० प ६१५७ नम्बरको रातो कालो रंगको १५० सीसीको पल्सर मोटरसाइकल पनि बरामद गरेको छ। उनीहरूलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बर्दिवास महोत्तरीको जिम्मा लगाइएको छ।
">