कोरोना सन्त्रासका बीच चलचित्र ‘परिस्थिति’ सार्वजनिक
<p style="text-align: justify;">काठमाडौं। कोरोनाको कहरकाबीच छोटो चलचित्र 'परिस्थिति' सार्वजनिक भएको छ। </p>
<p style="text-align: justify;">ज्ञान धन र जेनरस गुरुङको निर्माण तथा मनिष गौतमको लेखनमा रहेको यो चलचित्रलाई मित्र डी गुरुङको निर्देशन गरेका हुन्। </p>
<p style="text-align: justify;">क्रिएटिभ एड्भाइजर देवराज मानन्धर र रंजित गुप्ता रहेको फिल्ममा राजकुमार श्रेष्ठको छायाँकन छ। </p>
<p style="text-align: justify;">लकडाउनको कथा बोकेको उक्त चलचित्रमा परिस्थितिका अगाडि मानिस कसरी बाधिन बाध्य हुन्छ भन्ने देखाउन खोजिएको छ।</p>