पछिल्लो २४ घण्टामा १९४ संक्रमित डिस्चार्ज भए
<p>काठमाडौं। देशका विभिन्न अस्पतालको आइसोलेसनमा रहेका १९४ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा रहेका संक्रमित डिस्चार्ज भएका हुन्।</p>
<p>मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार हालसम्म नेपालमा एक हजार ७७२ कोरोना संक्रमित डिस्चार्ज भइसकेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्
