नेपालगञ्ज। कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरू भएको छ। राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा डुबानको खतरा बढेको छ। पहाडी भेगमा लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि यहाँको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको नदी नजीकका बस्ती डुबानको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले बताए।
उनका अनुसार नदीमा बाढी आउनसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। गएरातिसम्म नदीमा पानीको सतहले खतराको तह पार गरे पनि अहिले घटेको छ। यद्यपी, वर्षा नरोकिएकाले राप्ती नदीको बाढी गाउँमा पस्न सक्ने जोखिम बढेको छ। बाढीको सूचना प्रवाह गर्न राप्तीसोनारी गाउँपालिकाको बाढी मापन गर्ने गरिएको छ।
कुसुमबाट राप्ती नदीको बाढी तल्लो तटीय क्षेत्रमा आइपुग्न करीब ४ देखि ५ घण्टा समय लाग्ने भएकाले कुसुममा पानीको सतह पाँच मिटर पुग्ने बित्तिकै खतरास्वरूप नदी छेउछाउमा साइरन बजाइन्छ। नदीको सतह पाँच मिटर ४० सेन्टिमिटर पुग्ने बित्तिकै राप्ती नदी आसपासका दर्जनौँ गाउँ डुब्ने गर्छन्।
भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र कलकलवा तटबन्ध बनाएका कारण नदी प्राकृतिक रूपले बग्न नपाउँदा नेपाली भूभाग डुबानमा पर्दै आएको छ। रासस
" /> नेपालगञ्ज। कोरोनाको जोखिम कम नहुँदै बाँकेमा बाढीको कहर शुरू भएको छ। राप्ती नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रमा डुबानको खतरा बढेको छ। पहाडी भेगमा लगातार भइरहेको वर्षाका कारण नदीमा पानीको सतह बढेपछि यहाँको राप्तीसोनारी, डुडुवा र नरैनापुर गाउँपालिकाको नदी नजीकका बस्ती डुबानको जोखिममा रहेको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकृत गौरी बुढाथोकीले बताए।उनका अनुसार नदीमा बाढी आउनसक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। गएरातिसम्म नदीमा पानीको सतहले खतराको तह पार गरे पनि अहिले घटेको छ। यद्यपी, वर्षा नरोकिएकाले राप्ती नदीको बाढी गाउँमा पस्न सक्ने जोखिम बढेको छ। बाढीको सूचना प्रवाह गर्न राप्तीसोनारी गाउँपालिकाको बाढी मापन गर्ने गरिएको छ।

">