करेन्ट लागेर डोटीमा एकजनाको मृत्यु

काठमाडौं। डोटीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

आदर्श गाउँपालिका ७ दहकालिका बस्ने २५ वर्षीय तुलसी बागको करेन्ट लागेर मृत्यु भएको हो।

छिमेकी सुरज किमाडीले खानेपानीको धारामा आफ्नै घरबाट विद्युतको तार जोडी धारामा करेन्ट जडान गरेको अवस्थामा उक्त धारामा जाँदा करेन्ट लागेर तुलसीको मृत्यु भएको हो।

घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्