गुल्मी। गुल्मीमा एकजना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिकाका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ।
सो गाउँपालिका-७ की २१ वर्षीया सुत्केरीमा हिजाे कोरोना संक्रमण पुष्टि भएकाे थियाे।
अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त वडाका तीनवटा गाउँ सिल गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिएका छन्।
सुत्केरीको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य व्यक्तिहरूको आजदेखि कन्ट्याक ट्रेसिङको प्रक्रिया शुरू गरिएकाे छ।
सो गाउँपालिका-७ अन्तर्गतका रोटेपानी, उखाप र रिपाहाका बासिन्दालाई सार्वजनिकरूपमा सूचना जारी गरी अत्यावश्यक कामबाहेक कोही पनि मानिसलाई घरबाहिर ननिस्किन तथा बाहिरी मानिसलाई समेत गाउँ प्रवेशमा रोक लगाइएको वडाध्यक्ष टोपबहादुर बस्नेतले बताए। रासस
" /> गुल्मी। गुल्मीमा एकजना सुत्केरीमा कोरोना संक्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिकाका तीनवटा गाउँ पूर्ण बन्द (सिल) गरिएको छ।सो गाउँपालिका-७ की २१ वर्षीया सुत्केरीमा हिजाे कोरोना संक्रमण पुष्टि भएकाे थियाे।

">