काठमाडौं। बाँकेको राप्ती नदीमा फसेका ११ जना व्यक्तिहरूको गएराति सकुशल उद्धार गरिएको छ।
राप्ती सोनारी गाउँपालिका-२ गौशालास्थित राप्ती नदीमा फसेका सोही गाउँपालिका-२ राजपुर बस्ने ३५ वर्षीय गमबहादुर पुनसहित ६ जनाको प्रहरीले सकुशल उद्धार गरेको हो।
माछा मार्न गएको अवस्थामा नदीमा बाढी आई नदीको बिचमा ६ जना व्यक्तिहरु फसेको सूचनाको आधारमा प्रहरी चौकी ढकेरी, ईलाका प्रहरी कार्यालय कोहलपुर र विपद् व्यवस्थापन क्याम्प सम्सेरगंज सशस्त्र क्याम्पबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई सकुशल उद्धार गरेको प्रहरीले जनाएको छ।
त्यस्तै राप्ती सोनारीगाउँपालिका-५ तिलहरियास्थित राप्ती नदीमा फसेका सोही ठाउँ बस्ने पाँचजना महिलाहरूको पनि उद्धार भएको छ।
उनीहरू घाँस काट्न गएको र नदीमा पानीको बहाव बढेपछि बीच टापुमा अलपत्र परेका थिए।
ईलाका प्रहरी कार्यालय बैजापुरबाट खटिएको टोलीले ती महिलाहरूको उद्धार गरेको हो।
" /> काठमाडौं। बाँकेको राप्ती नदीमा फसेका ११ जना व्यक्तिहरूको गएराति सकुशल उद्धार गरिएको छ।राप्ती सोनारी गाउँपालिका-२ गौशालास्थित राप्ती नदीमा फसेका सोही गाउँपालिका-२ राजपुर बस्ने ३५ वर्षीय गमबहादुर पुनसहित ६ जनाको प्रहरीले सकुशल उद्धार गरेको हो।

">