काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) माथि संस्थालाई पार्टीको भातृ संगठन बनाउन लागेको आरोप लागेकाे छ।
काठमाडौं जिल्ला फुटबल संघले यस्ताे आरोप लगाएकाे हाे।
२ असारमा सम्पन्न एन्फाको आपतकालीन बैठकले भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरी तदर्थ समिति बनाएको थियो।
एन्फाले गरेको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ। काठमाडौं जिल्ला फुटबल संघले पनि एन्फाका उक्त निर्णयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘‘भक्तपुर जिल्ला फुटबल संघ आफैंमा स्वायत्ततापूर्ण संघ हो। तसर्थ कुनै पनि संघ, सदस्यलाई निर्मूल पार्ने अधिकार कसैसँग हुँदैन। कुनै पनि समस्याको समाधान र निराकरण गर्नु राम्रो हो। तर, समस्याको बीजारोपण गर्नु ठूलो गल्ती हो’’, काठमाडौं जिल्ला संघले भनेको छ, ‘‘यस्ता कार्यहरूले एन्फामा पनि राजनीतिक पार्टीको भातृ संगठनको बीजारोपण भएको महसुस भएको छ। एन्फासँग यस्ता निर्णय अविलम्ब फिर्ता गर्न अनुरोध गर्दछौं।’’
एन्फा कार्यसमितिको आपतकालीन बैठकले गौतम सुजखु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघ विघटन गर्दै किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो।
भक्तपुर जिल्ला संघमाथि एन्फाको निर्देशन नियमावली र कानूनी प्रक्रियासमेत उल्लंघन गरी जिल्ला लिग सञ्चालन गरेको, क्लब दर्ताका आधारहरू पूरा नगरेको, विधान र नियमावलीअनुसार हुनुपर्ने क्लब दर्ता नगरेको, प्रक्रियाअनुसार आवश्यक क्लब संख्यासमेत नपुर्‍याइ गतिविधि सञ्चालन गरेको केन्द्रले आरोप लगाएको छ।
तथापि भक्तपुरका अध्यक्ष सुजखुले आफू निर्वाचित अध्यक्ष भएको र आफैंले गरेको मतदानबाट केन्द्रीय पदाधिकारी चयन भएको भन्दै एन्फाले निर्णय नसच्याए कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन्।
यस विषयलाई लिएर नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभा बैठकमा आवाज उठाएका थिए।
सांसद सुवालले एन्फाले हुकुमी शैलीमा जिल्ला संघ विघटन गर्नु उपयुक्त नभएको बताएका थिए। एन्फाले निर्णय फिर्ता लिएर पुरानो संघलाई यथावत् काम गर्न दिनुपर्ने सुवालको माग थियो।
" /> काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) माथि संस्थालाई पार्टीको भातृ संगठन बनाउन लागेको आरोप लागेकाे छ।
काठमाडौं जिल्ला फुटबल संघले यस्ताे आरोप लगाएकाे हाे।
२ असारमा सम्पन्न एन्फाको आपतकालीन बैठकले भक्तपुर जिल्ला फुटबल संघलाई विघटन गरी तदर्थ समिति बनाएको थियो।
एन्फाले गरेको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ। काठमाडौं जिल्ला फुटबल संघले पनि एन्फाका उक्त निर्णयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘‘भक्तपुर जिल्ला फुटबल संघ आफैंमा स्वायत्ततापूर्ण संघ हो। तसर्थ कुनै पनि संघ, सदस्यलाई निर्मूल पार्ने अधिकार कसैसँग हुँदैन। कुनै पनि समस्याको समाधान र निराकरण गर्नु राम्रो हो। तर, समस्याको बीजारोपण गर्नु ठूलो गल्ती हो’’, काठमाडौं जिल्ला संघले भनेको छ, ‘‘यस्ता कार्यहरूले एन्फामा पनि राजनीतिक पार्टीको भातृ संगठनको बीजारोपण भएको महसुस भएको छ। एन्फासँग यस्ता निर्णय अविलम्ब फिर्ता गर्न अनुरोध गर्दछौं।’’
एन्फा कार्यसमितिको आपतकालीन बैठकले गौतम सुजखु नेतृत्वको भक्तपुर जिल्ला फुटबल संघ विघटन गर्दै किशोर हेक्काको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो।
भक्तपुर जिल्ला संघमाथि एन्फाको निर्देशन नियमावली र कानूनी प्रक्रियासमेत उल्लंघन गरी जिल्ला लिग सञ्चालन गरेको, क्लब दर्ताका आधारहरू पूरा नगरेको, विधान र नियमावलीअनुसार हुनुपर्ने क्लब दर्ता नगरेको, प्रक्रियाअनुसार आवश्यक क्लब संख्यासमेत नपुर्‍याइ गतिविधि सञ्चालन गरेको केन्द्रले आरोप लगाएको छ।
तथापि भक्तपुरका अध्यक्ष सुजखुले आफू निर्वाचित अध्यक्ष भएको र आफैंले गरेको मतदानबाट केन्द्रीय पदाधिकारी चयन भएको भन्दै एन्फाले निर्णय नसच्याए कानूनी प्रक्रियामा जाने चेतावनी दिएका छन्।
यस विषयलाई लिएर नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले प्रतिनिधि सभा बैठकमा आवाज उठाएका थिए।
सांसद सुवालले एन्फाले हुकुमी शैलीमा जिल्ला संघ विघटन गर्नु उपयुक्त नभएको बताएका थिए। एन्फाले निर्णय फिर्ता लिएर पुरानो संघलाई यथावत् काम गर्न दिनुपर्ने सुवालको माग थियो।
प्रतिक्रिया दिनुहोस्