कैलाली। सुदूरपश्चिममा कोरोना परीक्षणका लागि ह्युमानिटी फाउन्डेसन नेपालले खरीद गरेको पीसीआर मेसिन कैलालीको अत्तरिया आइपुगेको छ।
पहाडी जिल्ला डडेल्धुरामा जडान गरिने उक्त मेसिन आज अत्तरिया ल्याइपुर्याइएको हो।
उक्त पीसीआर मेसिन काठमाडौंबाट ट्रक मार्फत ल्याइएको हो। सो मेसिन अत्तरियाबाट डडेल्धुरा पठाउने तयारी गरिएको छ
फाउन्डेसनका अनुसार उक्त मेसिन डडेल्धुरा अस्पतालमा जडान गरिने छ।
फाउन्डेसनले सुदूरपश्चिम तथा विदेशमा बस्दै आएका समाजसेवी, व्यापारी, वुद्धिजीवी लगायतका दाताहरूबाट संकलन गरिएको रकमले डडेल्धुराका लागी मेसिन खरीद गरिएको फाउन्डेसनका अध्यक्ष श्याम तायलले बताए।
उनले दाताहरूले दिएको सहयोग रकमबाट उक्त मेसिन खरिद गरिएपनि मेसिनको सम्पूर्ण रकम भने संकलन भइनसकेको जानकारी दिए।
" /> कैलाली। सुदूरपश्चिममा कोरोना परीक्षणका लागि ह्युमानिटी फाउन्डेसन नेपालले खरीद गरेको पीसीआर मेसिन कैलालीको अत्तरिया आइपुगेको छ।पहाडी जिल्ला डडेल्धुरामा जडान गरिने उक्त मेसिन आज अत्तरिया ल्याइपुर्याइएको हो।

">