बेलायतमा चारमध्ये एकजना खाद्य संकटको जोखिममा
लण्डन। कोरोना भाइरसबाट अत्यन्त प्रभावित देश बेलायतमा प्रत्येक चारमध्ये एकजना खाद्य संकटको खतरामा रहेको पाइएको छ।

कोरोना भाइरसबाट उत्पन्न महामारीका कारण खाद्य संकटको खतरा देखिएको अध्ययनकर्ताहरूले जानकारी दिएका छन्।

खाद्य अवस्थाका बारेमा अनुसन्धानकर्ताहरूले प्रश्न गर्दा चारमध्ये एकजनाले खाद्य असुरक्षा महसुस गरिरहेको जवाफ दिएका थिए।

खाद्य असुरक्षासँगै पौष्टिक आहारको अभाव हुने खतरा पनि उत्तिकै बढेको अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।

अध्ययनको मुख्य निष्कर्ष फिडिङ ब्रिटेन एण्ड नोर्थमब्रिया युनिभर्सिटीको हेल्दी लिभिङ ल्याबबाट प्रकाशित गरिएको छ।

महामारीका बेलामा २५ प्रतिशत वयस्कहरूले खानाका लागि संघर्ष गर्नु परेको पनि अध्ययन  प्रतिवेदनमा उल्लेख गरिएको छ।

त्यही कारणले खाद्य असुरक्षा महसुस गरिएको र पौष्टिक आहारको अभाव भएको बताइएको छ। - रासस/एएनआई

प्रतिक्रिया दिनुहोस्