संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका-२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिकरूपमा अरुण नदी थुनिएको छ।
आज गएको पहिराेले प्रकाश राईको परिवारका सातजना विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रहरी नायव उपरीक्षक नवराज मल्लका अनुसार करीब ६०० मिटरमाथिबाट झरेको पहिराले नदी थुनिँदा करीब ३०० मिटर पानी जमेर ताल बनेको छ।
स्थानीयवासी हीरालाल राईको घर र बिर्खबहादुर राईको गोठ उच्च जोखिममा परेकाले खाली गरिएको प्रहरी नायव उपरीक्षक मल्लले बताए।
घटनाको विस्तृत जानकारी आइसकेको छैन।
प्रहरीले अरुण आसपासको वस्ती, अरुण तेस्रो आयोजनाको विद्युतगृहस्थल पुखुवा आसपास तथा हेलुवाबेँसी, चेवाबेँसी, मनकामनालगायत क्षेत्रका बासिन्दालाई नदी छेउ नजान र सतर्क भएर बस्न आग्रह गरेको छ। रासस
" /> संखुवासभा। संखुवासभाको मकालु गाउँपालिका-२ र ५ मा पर्ने ओयाङमा पहिरो खसेपछि आंशिकरूपमा अरुण नदी थुनिएको छ।आज गएको पहिराेले प्रकाश राईको परिवारका सातजना विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ।

">