जुवातास खेलिरहेका १० जना एक लाखभन्दा बढी नगदसहित पक्राउ <p>काठमाडौं। नुवाकोट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p>बिदुर नगरपालिका-२ स्थित सतनचुली होटलमा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।&nbsp;</p> <p>उनीहरूको साथबाट एक लाख ६ हजार ३५ रूपैयाँ र ३ बुक तास बरामद गरेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p>पक्राउ पर्नेहरूमा बिदुर नगरपालिका-२ बस्ने होटलका सञ्चालक २८ वर्षीय दिलबहादुर तामाङ, ५१ वर्षीय ठाकुर पुडासैनी, ३४ वर्षीय दिपक सिंखडा, ५१ वर्षीय पदम उप्रेती, ३५ वर्षीय दिपेन्द्र वली, ३७ वर्षीय बिष्णु न्यौपाने, ३३ वर्षीय बासु गजुरेल, ४० वर्षीय डम्मर श्रेष्ठ, ४८ वर्षीय नारायणजी राई र ३४ वर्षीय भीम खतिवडा छन्।</p>
प्रतिक्रिया दिनुहोस्