काठमाडौं। आषाढ कृष्ण औँसीका दिन आज बिहान १०:५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ।

बिहान १०:५० बजे स्पर्श भएको सूर्यग्रहण मध्याह्न १२:३८ बजे मध्य र अपराह्न २:२३ बजे मोक्ष प्राप्त गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताए। तीन घण्टा ३३ मिनेटसम्म नेपालबाट सूर्यग्रहण देखिनेछ।

शास्त्रीय मान्यताअनुसार गएराति १०:५० देखि बाल, वृद्ध र बिरामीबाहेक अरूलाई भोजन निषेध गरिएको छ। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ।

ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरीमा र यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।

आजको सूर्यग्रहण मृगशिरा र आद्र्रा नक्षत्र एवं मिथुन राशिका मानिसलाई अति कष्ट हुने समितिका सदस्यसचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुंगेलले बताए।

प्रदेश १ बाट २३ नोभेम्बर १९६५ बिहान बलय (पूरै सूर्य ढाक्ने) सूर्यग्रहण लागेको थियो। अब बलय सूर्यग्रहण १७ फेब्रुअरी २०६४ मा प्रदेश १ कै दक्षिणपूर्वी भूभागबाट देखिने ढुंगेलले जानकारी दिए।

आजको सूर्यग्रहण विश्वका केही भागबाट पूरै ढाके पनि नेपालबाट भने आधा ढाक्ने अर्थात् खण्डग्रास मात्र देखिनेछ। कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्रबाट भने ९८ प्रतिशतसम्म सूर्य ढाकेको देखिने जनाइएको छ।

सूर्यग्रहण हेर्न चाहनेलाई तक्षशिला एष्ट्रोनोमिकल क्लबले सामाखुसीस्थित कलेजको छतबाट निःशुल्क तथा सुरक्षित तरिकाबाट भौतिक दूरी कायम गरी हेर्ने व्यवस्था मिलाएको जनाएको छ। यहाँ सुरक्षित रूपमा ग्रहण देखाइराखिएको छ। रासस

" /> काठमाडौं। आषाढ कृष्ण औँसीका दिन आज बिहान १०:५० बजेदेखि खण्डग्रास (आधा सूर्य ढाक्ने) सूर्यग्रहण लागिरहेको छ।

"> खण्डग्रास सूर्यग्रहण मध्य अवस्थामा: Dekhapadhi
तस्वीर : रासस।
खण्डग्रास सूर्यग्रहण मध्य अवस्थामा

प्रतिक्रिया दिनुहोस्