बेलायती पर्यटकलाई क्वारेन्टाइनबिना नै स्वागत गर्दै स्पेन
<p>मड्रिड। बेलायती पर्यटकलाई क्‍वारेन्टाइनमा बस्‍नु नपर्ने गरी आजदेखि आगमन सुविधा दिने स्पेनले घोषणा गरेको छ।</p>
<p>स्पेनकी विदेश मन्त्री अरान्चा गोन्जालेजले भनिन्, ‘युरोपियन युनियन र सेन्जेन मुलुकका नागरिकलाई जस्तै बेलायती पर्यटकलाई पनि क्‍वारेन्टाइन बस्‍नु नपर्ने गरी आगमन अनुमति दिँदैछौं।’ करिब चार लाख बेलायतीको दोस्रो घर स्पेनमा भएका कारण सम्मानजनक निर्णय लिइएको उनको भनाइ थियो।</p>
<p>सीएनएनका अनुसार स्पेन आउने पर्यटकले तीनपटकसम्म जाँच भने गराउनुपर्नेछ। यात्रीको जन्मथलो, तापक्रम जाँच र सम्पर्कमा आएका मानिसको विवरण भने दिनुपर्नेछ। बेलायतमा पनि स्पेनका नागरिकलाई त्यसरी नै आउजाउ गर्न दिनेबारे बेलायती अधिकारीहरूसँग छलफल अगाडि बढाइएको उनले बताइन्।</p>
प्रतिक्रिया दिनुहोस्
