देशव्यापी कर्फ्यु हटाउँदै साउदी अरेबिया
<p>रियाद । साउदी अरेबियाले कोरोना प्रसार रोक्न लगाइएको देशव्यापी कर्फ्यु आजदेखि हटाउने घोषणा गरेको छ । तर, केही कडाइ भने कायम राखिने भएको छ ।</p>
<p>प्रशासनका अनुसार सबै आर्थिक र व्यावसायिक गतिविधि शुरु गरिने छ । तर, अन्तर्राष्‍ट्रिय र धार्मिक यात्रामाथि लगाइएको प्रतिबन्ध कायम रहनेछ । आगामी जुलाईमा शुरु हुने हज यात्राका बारेमा साउदी अरेबियाले केही घोषणा गरेको छैन ।</p>
<p>बीबीसीका अनुसार मलेसिया, इन्डोनेसियालगायत मुलुकले आफ्ना नागरिकलाई यस वर्ष हज यात्रामा जान नदिने घोषणा गरिसकेका छन् । संसारभरका २५ लाख मुस्लिम धर्मावलम्बी हरेक वर्ष मक्का पुग्‍ने गरेका छन् । अमेरिकाको जोन हकिन्स विश्‍वविद्यालयका अनुसार साउदी अरेबियामा हालसम्म करिब १५ लाख ५० हजारजनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये एक हजार दुई सय ३० जनाको ज्यान गएको छ ।</p>
प्रतिक्रिया दिनुहोस्
