कोरोनाबाट मृत्यु भएका नेपालीको १३ दिनपछि अन्त्येष्टि
<p>नयाँदिल्ली । कोरोना संक्रमणबाट भारतको नयाँदिल्लीमा निधन भएका एक नेपालीको १३ दिनपछि अन्त्येष्टि गरिएको छ । नयाँदिल्लीको पहाडगञ्ज क्षेत्रमा कुरियर सेवामा कार्यरत झापाका ४९ वर्षीय ज्ञानबहादुर बस्‍नेतको २५ जेठमा मृत्यु भएको थियो ।</p>
<p>नेपाली जनसम्पर्क समिति भारतको सहयोगमा हिजो दिल्लीमा उनको अन्तिम संस्कार गरिएको हो । जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डेले उनको शवलाई नेपाल पठाउन समस्या भएपछि दिल्लीमै अन्त्येष्टि गरिएको जानकारी दिए । “दिल्लीमा शव बुझ्‍ने व्यक्ति नभएपछि ग्रिनतारा सोसाइटीको पहलमा नेपाली जनसम्पर्क समिति भारतले शव बुझेर अन्तिम संस्कार गरेको हो,” पाण्डेले भने ।</p>
<p>उनका अनुसार नेपालमा रहेका परिवारलाई पत्राचार गरेर शव व्यवस्थापन गरिएको हो । २२ जेठमा स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि लेडिहार्डिङ अस्पतालमा लगिएका बस्‍नेतमा कोरोना पोजिटिभ पाइएको थियो । <em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्
