काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ का कारण हवाइ उडानहरू बन्द भएपछि विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउने क्रम यसै साताबाट शुरू गरिएको छ।
लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको हो।
विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडान हुन थालेपछि ५ असारसम्म ती शवहरू नेपाल ल्याइएको हो।
अहिलेसम्म कतारबाट २०, मलेसियाबाट ११, कुवेतबाट ६, ओमान, यूएई र साउदीबाट एक/एक जनाको शव नेपाल ल्याइएको छ।
मृत्यु भएका ३१८ जनामा ११४ जना मृतकका परिवारले गन्तव्य देशमै अन्त्येष्टिका लागि अनुमति दिएका थिए।
यसबाहेक अझै १६४ शवको व्यवस्थापन बाँकी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।
‘ती शव कोरोनाको कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा महिनौंदेखि विदेशमा रोकिएका थिए।
उनीहरूको अन्त्येष्टि र व्यवस्थापनको लागि गैरआवासीय नेपाली संघले सम्बन्धित राष्ट्रिय समितिलाई निर्देशन दिईसकेको छ ,’ एनआरएनएले विज्ञप्ति मार्फत भनेको छ।
" /> काठमाडौं। विश्वव्यापी महामारी बनेको कोभिड-१९ का कारण हवाइ उडानहरू बन्द भएपछि विदेशमा मृत्यु भएका नेपालीहरूको शव स्वदेश ल्याउने क्रम यसै साताबाट शुरू गरिएको छ।लकडाउनको अवधिमा विदेशमा बिभिन्न कारणले मृत्यु भएकामध्ये ४० जना नेपालीको शव नेपाल ल्याइएको हो।

">