काठमाडौं। कोभिड-१९ महामारीका कारण लकडाउन लागू भएसँगै विदेशमा अलपत्र नेपालीहरूको उद्धार कार्य जारी छ।
सरकारले ५ जुनदेखि स्वदेश फर्काउन शुरू गरेको अभियानले यतिबेला तीब्रता पाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।
गैरआवासीय नेपाली संघका राष्ट्रिय समिति तथा नेपाल सरकारका कुटनीतिक नियोगको संयुक्त पहलमा गत तीन हप्तामा तीन हजार १०८ जना नेपाली घर फर्किसकेको एनआरएनएले जानकारी दिएको छ।
मलेसियाबाट १ सय १८, युएई ३ सय १७ जना, कुवेतबाट ८ सय ९८ जना नेपालीहरू स्वदेश फर्किएका छन्। जापानबाट १३ जना, अफगानिस्तानबाट १८ जना र हङकङबाट ७ जना, म्यानमारबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको छ।
यस्तै बंगलादेशबाट २५८ जना, ओमानबाट ३ सय १३ जना, माल्दिभ्सबाट ३ सय ५ जना, कम्बोडियोबाट र सिंगापुरबाट १ सय ४६ जना र थाइल्यान्डबाट २ सय ४८ जना नेपाल फर्किएको एनआरएनएद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
यसैगरी कतारबाट ४४ जना, श्रीलंकाबाट ५ जना, साउदी अरबबाट १ सय ५३ जना नेपाली फर्किएका छन् भने दक्षिण कोरियाबाट २ सय २८ जना नेपाल फर्किएका छन्।
" /> काठमाडौं। कोभिड-१९ महामारीका कारण लकडाउन लागू भएसँगै विदेशमा अलपत्र नेपालीहरूको उद्धार कार्य जारी छ।सरकारले ५ जुनदेखि स्वदेश फर्काउन शुरू गरेको अभियानले यतिबेला तीब्रता पाएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जनाएको छ।

">