भारत र चीनलाई मिलाउन खोज्दै ट्रम्प  <p>वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीनबीच बढ्दो तनावलाई आफूले नजिकबाट नियालिरहेको जनाउँदै दुई देशलाई मिलाउन चाहेको बताएका छन् । अमेरिकाले चीन र भारतसँग कुराकानी गरिरहेको खुलासा पनि उनले गरेका छन्।&nbsp;</p> <p>&lsquo;यो एकदमै अफ्ठेरो अवस्था हो। हामी भारतसँग कुरा गरिरहेका छौं। चीनसँग पनि हाम्रो कुराकानी भइरहेको छ। दुई राष्ट्रबीच ठूलो समस्या छ। दुवै एकअर्काको आमनेसामने भएका छन्। अगाडि के हुन्छ हामी हेर्दैछौं। हामी उनीहरूलाई मद्दत गर्ने प्रयास गरिरहेका छौं,&rsquo; राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाहिर पत्रकारहरूसँग भने।</p> <p>जुन १५-१६ राति लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सेनाबीच हिंसात्मक झडप भएको थियो। झडपमा कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको थियो। चीनका केही सैनिक हताहत भएको बताइए पनि हालसम्म चीनले यसको औपचारिक पुष्टि गरेको छैन।</p> <p>बीबीसीका अनुसार भारत र चीनबीच बढ्दो तनावप्रति लक्षित गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले गत महीना ट्विटरमार्फत आफू भारत र चीनबीच मध्यस्थता गर्न तयार रहेको बताएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्