तनाव, अवसाद, द्वेष, इर्श्या र निन्दाबाट मुक्त हुन योग : प्रधानमन्त्री ओली <p>काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले समाजलाई स्वस्थ, खुशी र सकारात्मक मनोचेतनाले डोर्&zwj;याउन योग मानवीय जीवनको अंग बन्&zwj;नु आवश्यक रहेको बताएका छन्।&nbsp;</p> <p>अन्तर्राष्&zwj;ट्रिय योग दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योगको महत्वका बारेमा चेतना अभिवृद्धि गर्ने र यसका सरल विधिहरूको जनसाधारणमा पहुँच पुर्&zwj;याउने काममा यस दिवसलाई सबै तह र क्षेत्रले सार्थकले बनाउनुपर्ने बताए। &lsquo;&lsquo;यतिबेला सिंगो विश्&zwj;वसँगै हामी पनि कोरोना भाइरसको महामारीसँग जुधिरहेका छौं। यस्तो बेला औषधीय गुणयुक्त आहार, व्यायाम र उच्च मनोस्वास्थ्य अन्यन्तै महत्वपूर्ण विषय हुन्,&quot; प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, &quot;यी विषयमा योग शास्त्रले ज्ञान दिँदै आएको छ । आधारभूत स्वास्थ्य सेवाभित्र योग र वानस्पतिक औषधीय वस्तुको प्रयोगमा समेत जोड दिँदै हामी निरोगी नेपालको उद्देश्य पूरा गर्न सक्छौं।&rsquo;&rsquo;</p> <p>संयुक्त राष्&zwj;ट्रसंघले सन् २०१५ देखि २१ जुनलाई अन्तर्राष्&zwj;ट्रिय योग दिवस मनाउन थालेको हो । नेपालमा भने १ माघमा राष्&zwj;ट्रिय योग दिवस मनाइन्छ । &lsquo;&lsquo;मानसिक अन्तर्यात्रामार्फत शारीरिक तथा मानसिक स्वास्थ्यको अध्ययन गर्ने योग शास्त्रको महत्व आधुनिक युगमा झनै मुखर भइरहेको छ। तनाव, अवसाद, द्वेष, इर्श्या र निन्दाका दुष्&zwj;प्रभावबाट मुक्त गर्दै समाजलाई स्वास्थ, खुशी र सकारात्मक मनोचेतनाले डोर्&zwj;याउन योग मानवीय जीवनको अंग बन्&zwj;नु आवश्यक छ,&rsquo;&rsquo; प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ।&nbsp;</p> <p>प्राच्य दर्शनमा अपनाइएको योग पद्दतिलाई आधुनिक मेडिकल विज्ञानले पनि स्वीकार गरिसकेको प्रधानमन्त्रीले आफ्नो सन्देशमा खुलाएका छन्। &lsquo;&lsquo;समृद्ध नेपाल-सुखी नेपाली हाम्रो राष्&zwj;ट्रिय आकांक्षा छ। शारीरिक एवं मानसिक रूपले स्वस्थ र निरोगी नागरिक यसका मुख्य आधार हुन्,&rsquo;&rsquo; सन्देशमा भनिएको छ, &lsquo;&lsquo;अन्तर्राष्&zwj;ट्रिय योग दिवसको यस अवसरमा योग साधना र अभ्यासलाई आफ्नो जीवनशैली बनाएर आरोग्य प्राप्त गर्न म सबैमा आह्वान गर्छु।&rsquo;&rsquo;</p>
प्रतिक्रिया दिनुहोस्