टाउरेकै पासमा पेड्रो नेटोले ८४औं मिनेटमा गोल गर्दै उल्भरह्याम्पटनको जित पक्का गरेका थिए। जितसँगै उल्भरह्याम्पटन छैटौं स्थानमा उक्लिएको छ। साथै नुनो स्प्रिटो सान्टोको टीमले अर्को च्याम्पियन्स लिग खेल्ने आशा जीवितै राखेको छ।
उल्भरह्याम्पटनले ३० खेलबाट ४६ अंक जोडेको छ। जुन पाँचौं स्थानको म्यानचेस्टर युनाइटेडसँग बराबरी अंक हो भने चौथो स्थानको चेल्सीको भन्दा दुई अंकले पछाडि हो। तथापि चेल्सीले एक खेल कम खेलेको छ।
हारसँगै वेस्ट ह्याम भने रेलिगेसनमा पर्ने सम्भावना बढेको छ। वेस्ट ह्याम २७ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेसन क्षेत्रमा रहेको बर्नमाउथसँग अंक बराबरी हो भने एक खेल कम खेलेको एस्टन भिल्लाभन्दा एक अंकले मात्र माथि हो। एस्टन भिल्लाले आज चौथो स्थानको चेल्सीविरुद्ध खेल्नेछ।
बर्नमाउथमाथि गएराति नै भएको खेलमा क्रिस्टल प्यालेसलाई २-० को नतिजा सुम्पिएको थियो। जितसँगै क्रिस्टल प्यालेस ४२ अंकका साथ नवौं स्थानमा उक्लिएको छ।
" />टाउरेकै पासमा पेड्रो नेटोले ८४औं मिनेटमा गोल गर्दै उल्भरह्याम्पटनको जित पक्का गरेका थिए। जितसँगै उल्भरह्याम्पटन छैटौं स्थानमा उक्लिएको छ। साथै नुनो स्प्रिटो सान्टोको टीमले अर्को च्याम्पियन्स लिग खेल्ने आशा जीवितै राखेको छ।

">