फाइल तस्वीर
१८ लाख नेपाली रुपैयाँसहित दुईजना भारतमा पक्राउ  <p>काठमाडौं । भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले जमुनिया बोर्डर नजिक दुई जनालाई १८ लाख नेपाली रुपैयाँ मोटरसाइकलमा राखी नेपाल लैजाँदै गरेको अवस्थामा पक्राउ गरेको छ।</p> <p>नेपाल-भारत सीमामा पछिल्लो समय फेला परेको यो सबैभन्दा ठूलो रकम भएको टाइम्स अफ इन्डियाले आफ्नो समाचारमा जनाएको छ। नेपालतर्फ ल्याउँदै गर्दा उक्त रकमसहित एसएसबीले २६ वर्षीय विकास कुमार र १७ वर्षीय अर्का एक युवकलाई पक्राउ गरेको हो।</p> <p>पक्राउ पर्ने दुवै भारतीय नागरिक रहेको जनाइएको छ। उक्त रकम नेपाल पुर्&zwj;याउन आफूहरूलाई एक-एक हजार रुपैयाँ दिइएको तर कसलाई बुझाउने भन्&zwj;ने नबताइएको उनीहरूले बयान दिएका छन्।</p> <p>नेपाल-भारत सीमामा एक पटकमा २ लाख भारतीय रुपैयाँ लिएर आवतजावत गर्न पाउने भारततर्फको नियम भए पनि नेपाली कति रुपैयाँसम्म एक पटकमा बोकेर हिँड्न पाउने भन्&zwj;ने निश्&zwj;चित नभएको एसएसबी अधिकारीले टाइम्स अफ इन्डियासँग बताएका छन्। उक्त रकम दाबी गर्न हालसम्म कोही नआएको एसएसबीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्