भारतमा एकैदिन थपिए करिब १६ हजार कोरोना संक्रमित
<p>काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका १५ हजार ९ सय १५ जना नयाँ संक्रमित थपिएका छन्। एकैदिन यति ठूलो संख्यामा भारतमा यसअघि संक्रमित थपिएका थिएनन्। योसँगै भारतमा कोरोना संक्रमितको संख्या ४ लाख नाघेको छ।</p>
<p>वल्डोमिटर्सको तथ्यांकअनुसार हिजोसम्म भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ११ हजार ७ सय २७ पुगेको छ। तीमध्ये १३ हजार २ सय ७७ जनाको मृत्यु भएको छ।</p>
<p>भारतमा संक्रमितमध्ये २ लाख २८ हजार १ सय ८१ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्। हाल भारतमा १ लाख ७० हजार २ सय ६९ जना संक्रमित उपचारत छन्। तीमध्ये ८ हजार ९ सय ४४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ।</p>
<p>कोरोना भाइरस संक्रमणको आशंकामा भारतमा हालसम्म ६६ लाख १६ हजार ४ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। भारतमा प्रत्येक १० लाखमा ४ हजार ७ सय ९६ जनाको कोरोना परीक्षण गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्
