बुन्डेसलिगामा डर्टमण्डको दोस्रो स्थान पक्का
काठमाडौं। इर्लिङ हालान्डको दुई गोलमा बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगामा आरबी लाइपजिगमाथि २-० को नतिजा निकाल्दै दोस्रो स्थान पक्का गरेको छ।
हालान्डले ३०औं मिनेटमा डर्टमण्डलाई अग्रता दिएका थिए। डर्टमण्डले दोस्रो गोलका लागि भने इन्जुरी समयसम्म कुर्नु परेको थियो। हालान्डले तीन मिनेट इन्जुरी समयको अन्तिम मिनेटमा गोल गर्दै डर्टमण्डको तीन अंक पक्का गरेका थिए।
डर्टमण्डले जारी सिजन लिगमा कीर्तिमानी ८३ गोल गरेको छ। डर्टमण्डले एक सिजनमा गरेको यो सबैभन्दा धेरै गोल हो।
जितसँगै डर्टमण्डले बुन्डेसलिगामा दोस्रो स्थान पक्का गरेको छ। लिगमा तीन अंकको खेल मात्र बाँकी रहँदा डर्टमण्डले तेस्रो स्थानको लाइपजिगसँग ६ अंकको अग्रता लिएको छ। डर्टमण्डले लिगको अन्तिम खेल होफेनहेइमविरुद्ध घरेलु मैदानमा खेल्नेछ। लाइपजिगले भने अन्तिम खेलका लागि औसबर्गको भ्रमण गर्नेछ।
प्रतिक्रिया दिनुहोस्