आजको मौसमः मनसुनी र पश्चिम वायुको प्रभाव, देशभर वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले प्रदेश १ देखि कर्णाली प्रदेशसम्म मनसुनी वायु र सुदूरपश्चिममा पश्चिमी वायुको प्रभाव रहेकाले आज देशभर वर्षा हुने जनाएको छ।

विभागका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली भई गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिमका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागको पूर्वानुमान छ। गण्डकी, प्रदेश ५ र कर्णालीका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

‘देशको सबै प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै प्रदेश ५, गण्डकी, वागमती र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ,’ विभागद्वारा आज विहान जारी विज्ञप्तिमा भनिएको छ, ‘जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया दिनुहोस्