२४ घण्टामा थपिए डेढ लाख कोराना संक्रमित, करिब साढे चार हजारको मृत्यु

काठमाडौं । विश्‍वमा पछिल्लो २४ घण्टा (शनिबार)मा कोरोना भाइरसका १ लाख ५५ हजार २२ जना नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्‍वमा ४ हजार ४ सय १५ जनाले ज्यान गुमाएका छन्।

हिजो सबैभन्दा बढी नयाँ संक्रमित अमेरिकामा थपिएका छन् भने कोरोनाका कारण सबैभन्दा बढीको मृत्यु ब्राजिलमा भएको छ। वल्डोमिटर्सको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा थप ३३ हजार १ सय २१ जनामा कोरोना भाइरस रहेको पुष्टि भएको थियो। सोही अवधिमा अमेरिकामा ५ सय ७२ जनाको मृत्युको कारण कोरोना बन्यो।

ब्राजिलमा हिजो ३१ हजार ५ सय ७१ जना संक्रमित नयाँ थपिएका थिए। हिजो ब्राजिलमा कोरोनाका कारण ९ सय ६८ जनाको मृत्यु भएको थियो।

भारतमा हिजो १५ हजार ९ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिए भने ३ सय ७ जनाको मृत्यु भयो। रुसमा पछिल्लो २४ घण्टामा ७ हजार ८ सय ८९ जना कोरोनाका नयाँ संक्रमित थपिए भने १ सय ६१ जनाको मृत्यु भएको थियो।

यस्तै, हिजो नै बेलायतमा १ हजार २ सय ९५, पेरुमा ३ हजार ४ सय १३, चिलीमा ५ हजार ३ सय ५५, इरानमा २ हजार ३ सय २२, टर्कीमा १ हजार २ सय ४८, पाकिस्तानमा ६ हजार ६ सय ४, मेक्सिकोमा ५ हजार ३०, साउदी अरेबियामा ३ हजार ९ सय ४१, बंगलादेशमा ३ हजार २ सय ४०, दक्षिण अफ्रिकामा ४ हजार ९ सय ६६, कतारमा १ हजार २६, कोलम्बियामा २ हजार ३ सय ५७, इजिप्टमा १ हजार ५ सय ४७, इन्डोनसियामा १ हजार २ सय २६ र इराकमा १ हजार ८ सय ७० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए।

प्रतिक्रिया दिनुहोस्