विराटनगर। मोरङको रतुवामाई नगरपालिका–२ डोरियास्थित् सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) आज स्थापना गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र रतुवामाई नगरपालिकाका प्रमुख रबिन राईले बीओपीको उद्घाटन गरे।

बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी रहनेछन्। मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्रमा सातवटा सशस्त्र बोर्डर आउट पोष्ट सञ्चालनमा आएका छन्। यसअघि विराटनगरको बखरी, जहदा, नोचा, धनपालथान, बरडङगा लगायतका स्थानमा बिओपी स्थापना भइसकको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले सीमा क्षेत्रको सुरक्षाका लागि प्रत्येक ३.५ किलोमिटरमा पोष्ट स्थापना गरिन लागेको बताउँदै स्थानीय जनताको सेवा तथा उनीहरुको समस्यालाई ध्यानमा राख्न प्रहरीलाई निर्देशन दिए। नगरप्रमुख रबिन राईले पोष्टको स्थापनासँगै सीमा क्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न थप सहयोग पुग्ने बताए।

पोष्ट स्थापनाका लागि आठ कट्ठा चार धुर जग्गा निःशुल्क उपलब्ध गराउने सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। पोष्टको भौतिक पूर्वाधारलगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको छ। रासस

" /> विराटनगर। मोरङको रतुवामाई नगरपालिका–२ डोरियास्थित् सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) आज स्थापना गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र रतुवामाई नगरपालिकाका प्रमुख रबिन राईले बीओपीको उद्घाटन गरे।

बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी रहनेछन्। मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्रमा सातवटा सशस्त्र बोर्डर आउट पोष्ट सञ्चालनमा आएका छन्। यसअघि विराटनगरको बखरी, जहदा, नोचा, धनपालथान, बरडङगा लगायतका स्थानमा बिओपी स्थापना भइसकको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले सीमा क्षेत्रको सुरक्षाका लागि प्रत्येक ३.५ किलोमिटरमा पोष्ट स्थापना गरिन लागेको बताउँदै स्थानीय जनताको सेवा तथा उनीहरुको समस्यालाई ध्यानमा राख्न प्रहरीलाई निर्देशन दिए। नगरप्रमुख रबिन राईले पोष्टको स्थापनासँगै सीमा क्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न थप सहयोग पुग्ने बताए।

पोष्ट स्थापनाका लागि आठ कट्ठा चार धुर जग्गा निःशुल्क उपलब्ध गराउने सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। पोष्टको भौतिक पूर्वाधारलगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको छ। रासस

"> रतुवामाईको डोरियामा सशस्त्र प्रहरीको बीओपी स्थापना    : Dekhapadhi
फाइल तस्वीर।
रतुवामाईको डोरियामा सशस्त्र प्रहरीको बीओपी स्थापना
विराटनगर। मोरङको रतुवामाई नगरपालिका–२ डोरियास्थित् सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) आज स्थापना गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र रतुवामाई नगरपालिकाका प्रमुख रबिन राईले बीओपीको उद्घाटन गरे।

बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी रहनेछन्। मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्रमा सातवटा सशस्त्र बोर्डर आउट पोष्ट सञ्चालनमा आएका छन्। यसअघि विराटनगरको बखरी, जहदा, नोचा, धनपालथान, बरडङगा लगायतका स्थानमा बिओपी स्थापना भइसकको छ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले सीमा क्षेत्रको सुरक्षाका लागि प्रत्येक ३.५ किलोमिटरमा पोष्ट स्थापना गरिन लागेको बताउँदै स्थानीय जनताको सेवा तथा उनीहरुको समस्यालाई ध्यानमा राख्न प्रहरीलाई निर्देशन दिए। नगरप्रमुख रबिन राईले पोष्टको स्थापनासँगै सीमा क्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न थप सहयोग पुग्ने बताए।

पोष्ट स्थापनाका लागि आठ कट्ठा चार धुर जग्गा निःशुल्क उपलब्ध गराउने सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। पोष्टको भौतिक पूर्वाधारलगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको छ। रासस

प्रतिक्रिया दिनुहोस्