कैलाली। सुदूरपश्चिममा आज १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२, शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना गरि ९४ जना र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९३१ पुगेको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।
कैलालीमा २३६, कञ्चनपुरमा ९६, डडेल्धुराका १७०, डोटीमा १२९, अछाममा ६०, बाजुरामा ६९, बैतडीमा १४१, बझाङमा १८ र दार्चुलामा १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए।
" /> कैलाली। सुदूरपश्चिममा आज १६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ९२, शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ जना गरि ९४ जना र धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा ६९ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या ९३१ पुगेको सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशले जनाएको छ ।

">