काभ्रेपलाञ्चोक। कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ। काभ्रेपलाञ्चोकका सङ्क्रमित ६ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन्। सङ्क्रमितहरू दुई सातादेखि काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका थिए।
सङ्क्रमितको स्वास्थ्यमा क्रमिक सुधार आएपछि पछिल्लो स्वाब परीक्षणको रिपोर्टमा कारोना भाइरस नेगेटिभ देखिएपछि ६ जना नै हिजो ५ असार साँझ घर फर्किएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमान्ड पोष्टले जनाएको छ। कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाका अनुसार घर फर्किएकालाई होम क्वारेन्टाइनमा बसाइएको छ।
सङ्क्रमितमध्ये दुई महिला हुन्। रोशी गाउँपालिकाका तीन, पाँचखाल नगरपालिकाका एक र पनौती नपाका एक तथा काभ्रेपलाञ्चोक घर भई एक ललितपुर र एक काठमाडौं बस्नेमा कोरोना सङ्क्रमण भएको थियो। सङ्क्रमितमध्ये चार जना भारतबाट फर्किएका नागरिक रहेको पोष्टले जनाएको थियो। राजकुमार पराजुली/रासस
" /> काभ्रेपलाञ्चोक। कोरोना सङ्क्रमित सबै अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएसँगै काभ्रेपलाञ्चोक कोरोनामुक्त भएको छ। काभ्रेपलाञ्चोकका सङ्क्रमित ६ जना कोरोनामुक्त भएर अस्पतालबाट घर फर्किएका हुन्। सङ्क्रमितहरू दुई सातादेखि काठमाडौं मेडिकल कलेज दुवाकोटमा उपचारत रहेका थिए।सङ्क्रमितको स्वास्थ्यमा क्रमिक सुधार आएपछि पछिल्लो स्वाब परीक्षणको रिपोर्टमा कारोना भाइरस नेगेटिभ देखिएपछि ६ जना नै हिजो ५ असार साँझ घर फर्किएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमान्ड पोष्टले जनाएको छ। कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाका अनुसार घर फर्किएकालाई होम क्वारेन्टाइनमा बसाइएको छ।

">