काठमाडौं। पाकिस्तानका शोएब मलिकले परिवारसँग समय बिताएर इङ्ल्यान्ड भ्रमणमा जाने टीममा समावेश हुन पाउने भएका छन्।पाकिस्तान क्रिकेट टीमका पूर्वकप्तान मलिकले पाँच महीनादेखि परिवारलाई भेट्न पाएका छैनन्। ३८ वर्षे मलिकले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन्। तर, उनले ट्वान्टी क्रिकेट भने खेलिरहेका छन्।
मलिक पाकिस्तानमा छन भने उनको पत्नि सानिया मिर्जा र एक वर्षको छोरा इजहान भारतमा छन्। कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेका कारण टेनिस खेलाडी सानिया भारतमै रहेकी हुन्। अर्को महीनाबाट हुने इङ्ल्यान्ड भ्रमणमा पाकिस्तानले तीन टेष्ट र ट्वान्टी–२० खेल खेल्नेछ। इङ्ल्यान्डपछि पाकिस्तानले वेष्ट इन्डिजविरुद्ध पनि तीन टेष्ट क्रिकेट खेल्नेछ। दुवै देशविरुद्धको खेल स्वास्थ्य सुरक्षासहितको वातावरणमा हुनेछ।
टेष्ट र ट्वान्टी–२० टीमका २९ सदस्यीय पाकिस्तानी टीम २८ जुनमा म्यानचेस्टर प्रस्थान गर्नेछ। डर्बीसायर जानुअघि पाकिस्तानी टीम म्यानचेस्टरमा १४ दिन क्वारेन्टाइनमा बस्नेछ। पाकिस्तान क्रिकेट बोर्डले प्रतिस्पर्धी टीम इङ्ल्यान्ड र वेल्स क्रिकेट बोर्डसँगको सहमतिमा मलिकलाई टीममा समावेश गर्ने निर्णय गरेको हो। मलिक २४ जुलाईमा टीममा समावेश हुनेछन्। ‘हामीले मानविय पक्षलाई पनि ध्यान दिनुपर्छ’, पाकिस्तान क्रिकेट बोर्डले भनेको छ, ‘पक्कै पनि मलिकले टीममा समावेश हुनुअघि इङ्ल्यान्ड सरकारले लागू गरेको नियम पालना गर्नुपर्नेछ।’
तीन खेलको ट्वान्टी–२० शृंखला २९ जुलाईबाट २ सेप्टेम्बरसम्म हुनेछ।
" /> काठमाडौं। पाकिस्तानका शोएब मलिकले परिवारसँग समय बिताएर इङ्ल्यान्ड भ्रमणमा जाने टीममा समावेश हुन पाउने भएका छन्।पाकिस्तान क्रिकेट टीमका पूर्वकप्तान मलिकले पाँच महीनादेखि परिवारलाई भेट्न पाएका छैनन्। ३८ वर्षे मलिकले टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन्। तर, उनले ट्वान्टी क्रिकेट भने खेलिरहेका छन्।मलिक पाकिस्तानमा छन भने उनको पत्नि सानिया मिर्जा र एक वर्षको छोरा इजहान भारतमा छन्। कोभिड–१९ महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लागेका कारण टेनिस खेलाडी सानिया भारतमै रहेकी हुन्। अर्को महीनाबाट हुने इङ्ल्यान्ड भ्रमणमा पाकिस्तानले तीन टेष्ट र ट्वान्टी–२० खेल खेल्नेछ। इङ्ल्यान्डपछि पाकिस्तानले वेष्ट इन्डिजविरुद्ध पनि तीन टेष्ट क्रिकेट खेल्नेछ। दुवै देशविरुद्धको खेल स्वास्थ्य सुरक्षासहितको वातावरणमा हुनेछ।

">