फ्रान्समा पाँच हजार दर्शकका लागि रंगशाला खुला

काठमाडौं। फ्रान्समा ११ जुलाईबाट रंगशाला दर्शकका लागि खुला गरिने भएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम कम हुँदै गएपछि फ्रान्सले पुनः रंगशाला खुला गरेको हो।

फ्रान्समा अब प्रत्यक्ष खेल हेर्नका लागि पाँच हजार दर्शक रंगशालाभित्र जान पाउने भएका छन्।

यो संख्यामा चाँडै केही समयमै वृद्धि हुने बताइएको छ।

यससँगै फ्रान्समा फ्रेन्च कप र लिग कपको फाइनल खेल दर्शकको उपस्थितिमा हुने सम्भावना छ।

दुवै खेल कोराेना भाइरस संक्रमणका कारण स्थगित भएको थियो। तथापि फ्रान्सको शीर्ष श्रेणीको लिग फ्रेन्च लिग वान र लिग टु गत अप्रिलमै रद्द भएको थियो।

‘‘महामारी प्रभावको अवस्था हेरेर मध्य जुलाईमा थप खुला गर्ने वा नगर्ने निर्णय गरिनेछ,’’ फ्रान्स सरकारले भनेको छ।

प्रधानमन्त्री इडुवार्ड फिलिप्पेले गत अप्रिलमा सबै प्रकारका खेललाई सेप्टेम्बरसम्मका लागि स्थगित गर्ने निर्णय गरेका थिए। तर, अब सोमबारबाट सामूहिक खेल शुरू हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्