गुल्मी। गुल्मीमा दुई दिनदेखि परेको वर्षाका कारण खसेको पहिराेले जीप पुरिँदा एकजनाको मृत्यु भएकाे छ। सो घटनामा पाँचजना घाइते भएका छन्।
धुर्कोट गाउँपालिका-३, हाडहाडेका अन्दाजी १८ वर्षीय तुल्सीराम काउछाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका प्रहरी निरीक्षक पंकज चुँदालीले जानकारी दिए।
हाडहाडेबाट हाडहाडेकै अर्को गाउँ जान लाग्दा लु १ ज ३९७९ नम्बरको जीप हाडहाडेस्थित चुना ओढारमा पुरिएको हो।
जीपमा सवार पाँचमध्ये दुईजनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागि अर्घाखाँची सन्धिखर्क पठाइएको छ।
गाडीचालकसमेत रहेका स्थानीयवासी २० वर्षीय प्रदीप पुन र २५ वर्षीय रमेश रानालाई थप उपचारका लागि सन्धिखर्क पठाइएको हो।
बाँकी तीनजनाकाे सामान्यावस्था रहेकाले हाडहाडेमै प्राथमिक उपचार गरिएको छ।
अहिले घटनास्थलमा प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, पुर्कोट दहले जनाएको छ। रासस
" /> गुल्मी। गुल्मीमा दुई दिनदेखि परेको वर्षाका कारण खसेको पहिराेले जीप पुरिँदा एकजनाको मृत्यु भएकाे छ। सो घटनामा पाँचजना घाइते भएका छन्।धुर्कोट गाउँपालिका-३, हाडहाडेका अन्दाजी १८ वर्षीय तुल्सीराम काउछाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, पुर्कोट दहका प्रहरी निरीक्षक पंकज चुँदालीले जानकारी दिए।

">