काठमाडौं। ललितपुरको जावलाखेलस्थित् स्टाफ कलेजको क्वारेन्टाइनमा बस्ने महिलालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले योगाभ्याससँग परामर्श दिन थालेको छ। केन्द्रले योगाभ्याससँगै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न जडीबुटीसहित आयुर्वेद औषधि पनि वितरणसहित परामर्श दिन थालेको हो।
विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बढेसँगै पछिल्लो समय नेपालका विभिन्न स्थानमा सरकारले क्वारेन्टाइन स्थापना गरी शङ्कास्पद मानिसलाई राख्दै आएको छ। जावलाखेलको क्वारेन्टाइनमा वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई राखिएको छ। केन्द्रका प्रशासन प्रमुख वरिष्ठ कविराज ईश्वरी ढकालले कोभिड–१९ का बारेमा कसरी सावधानी अपनाउने भन्ने बारेमा आवश्यक परामर्श दिने, आयुर्वेदजन्य औषधि तथा जडीबुटीको महत्व दर्शाउने र आत्मबल बढाउनका लागि आवश्यक उपायहरू जानकारी गराइएको बताए।
आयुर्वेदले रोग लाग्न नदिनाका साथै दीर्घायु, सुखानुभूति एवं शरीरलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोग पुर्याउँछ। त्यसैले सरकारले पनि जडीबुटीजन्य वस्तुमा जोड दिन आम सर्वसाधारणलाई आग्रह गर्दै आएको छ। आयुर्वेद औषधिसहित जडीबुटी तथा भिटामिनजन्य पौष्टिक तत्वको सेवनले स्वास्थ्यमा फाइदा पुग्ने चिकित्सकले बताएका छन्।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले क्वारेन्टाइन एउटा परीक्षणको सामान्य घडी रहेकाले क्वारेन्टाइन भन्ने बित्तिकै आत्तिनुपर्ने अवस्था नरहेको भन्दै आत्मबल दह्रो बनाउनु सुझाव दिए। रासस
" /> काठमाडौं। ललितपुरको जावलाखेलस्थित् स्टाफ कलेजको क्वारेन्टाइनमा बस्ने महिलालाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरले योगाभ्याससँग परामर्श दिन थालेको छ। केन्द्रले योगाभ्याससँगै रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न जडीबुटीसहित आयुर्वेद औषधि पनि वितरणसहित परामर्श दिन थालेको हो।विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण बढेसँगै पछिल्लो समय नेपालका विभिन्न स्थानमा सरकारले क्वारेन्टाइन स्थापना गरी शङ्कास्पद मानिसलाई राख्दै आएको छ। जावलाखेलको क्वारेन्टाइनमा वैदेशिक रोजगारीबाट फर्किएका महिलालाई राखिएको छ। केन्द्रका प्रशासन प्रमुख वरिष्ठ कविराज ईश्वरी ढकालले कोभिड–१९ का बारेमा कसरी सावधानी अपनाउने भन्ने बारेमा आवश्यक परामर्श दिने, आयुर्वेदजन्य औषधि तथा जडीबुटीको महत्व दर्शाउने र आत्मबल बढाउनका लागि आवश्यक उपायहरू जानकारी गराइएको बताए।

">