इन्डोनेसियामा डुंगा दुर्घटना, कम्तीमा १० जना बेपत्ता

इन्डाेनेसिया। इन्डोनेसियाको पश्चिमी क्षेत्रमा डुंगा डुब्दा कम्तीमा १० जना बेपत्ता भएका बताइएको छ।

आज इन्डोनेसियाली अधिकारीले सुन्ड्रा स्ट्रेटमा भएको डु‌ंगा दुर्घटनामा कम्तीमा १० जना बेपत्ता भइरहेका र उनीहरूको खोजी कार्य जारी रहेको जानकारी गराएका छन्।

डुंगा बान्टेन प्रान्तबाट राकाटा टापूतर्फ गइरहेको समय चाइल्ड क्रयाकाटाउ ज्वालामुखी नजिक पुग्दा डुबेको राष्ट्रिय खोज तथा उद्धार कार्यालयका प्रवक्ता युसुफ लाटिफले बताए।

हराइरहेका १० यात्रुको खोजीका लागि दर्जनौँ उद्धारकर्मीहरू घटनास्थल पुगेको र खोजीकार्य जारी रहेको प्रवक्ता लाटिफले बताए। घटनास्थलबाट अन्य ६ जनालाई सकुशल उद्धार गरिएको थियो।

इन्डोनेसियामा पुराना डुंगा, बदलिइरहने मौसम र भारवहन क्षमताभन्दा बढी यात्रु बोक्ने गरेका कारण प्राय दुर्घटनाहरू हुने गर्दछन्। रासस-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्