सुदूरपश्चिमका थप ९४ जनामा कोरोना भाइरस संक्रमण <p>कैलाली। सुदूरपश्चिममा आज ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ९२ र शिक्षण अस्पताल महाराजगञ्जमा रहेको प्रयोगशालमा दुई जनामा कोरोना पुष्टि भएको हो।</p> <p>राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षणमा डोटीका ६१ जना, बैतडीका १८ पुरुष, डडेल्धुराका १२ जना र कैलालीका १ पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।&nbsp;</p> <p>यस्तै, शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कैलालीका २ पुरुषमा पनि संक्रमण पुष्टि भएको उनले मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमले नियमित मिडिया ब्रिफ्रिङमा जानकारी दिए। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या ८७९ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्