काठमाडौं। शिक्षाविद् एवं समाजसेवी अंगुरबाबा जोशीको आज निधन भएको छ।
बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनको ८९ वर्षकाे उमेरमा निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ।
नेपालमा शिक्षा क्षेत्रको विकास र समाजसेवामा उनी सक्रिय रहँदै आएकी थिइन्।
पद्मकन्या क्याम्पस स्थापनामा याेगदान गरेकी उनी छोरीहरूलाई पनि शिक्षा दिनुपर्छ भन्ने अभियानमा लागेकी थिइन्।
इङग्याण्डबाट उच्च शिक्षा लिएर नेपाल फर्किएपछि उनलाई पद्मकन्या क्याम्पसकाे प्रिन्सिपलमा नियुक्त गरिएकाे थियाे। उनले पद्मकन्या क्याम्पसमा निरन्तर १८ वर्ष प्रिन्सिपलकाे जिम्मेवारीमा काम गरेकी थिइन्। उनी नेपालकाे पहिलाे महिला प्रिन्सिपल पनि हुन्।
त्यसैगरी, जाेशीले तारागाउँ नामको संस्था खोलेर विकट ग्रामीण क्षेत्रमा समाजसेवाको काम पनि गर्दै आएकी थिइन्। राजा वीरेन्द्रको समयमा रानी ऐश्वर्यको विश्वासपात्रकाे रूपमा जाेशीलाई चिनिन्थ्याे।
उनलाई जन्मजात ‘थ्यालिसिमिया माइनर’ भन्ने रोग लागेको थियो । १० वर्षअघि तनहुँमा गार्गी कन्या विद्यालय खोलेकी छन्, जहाँ बालिकाहरूलाई वेद पढाइन्छ। उनलाई दुईपटक क्यान्सर भएको थियो। त्यस्तै एकपटक मुटुले काम नगर्ने भएको थियो।
उनको एक छोरा र दुई छोरी छन्। उनका श्रीमानको भने करीब ३० वर्ष अगाडि नै निधन भएको थियो। उनकाे आजै अन्त्येष्टि गरिने पारिवारिक स्राेतले बताएकाे छ।
" /> काठमाडौं। शिक्षाविद् एवं समाजसेवी अंगुरबाबा जोशीको आज निधन भएको छ।बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत उनको ८९ वर्षकाे उमेरमा निधन भएको पारिवारिक स्राेतले जनाएकाे छ।

">