काठमाडौं। नेपालमा रहेका कूल कोरोना संक्रमितको १८.३३ प्रतिशत उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।
पछिल्लो २४ घण्टामा १५८ पुरुष र १८ महिला गरी १७६ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।
“नेपालमा रहनुभएका कोरोना संक्रमितमध्ये हालसम्म एक हजार ५७८ जना निको भई अस्पतालबाट घर फर्किसक्नु भएको छ। निको हुने मध्ये एक हजार ४३७ पुरुष र १४१ जना महिला हुनुहुन्छ,” स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. जागेश्वर गौतमले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
नेपालमा कोरोना संक्रमितको संख्या आठ हजार ६०५ पुगेको छ । गौतमकाअनुसार यीमध्ये १८.३३ प्रतिशत संक्रमित निको भइसकेका छन्।
" /> काठमाडौं। नेपालमा रहेका कूल कोरोना संक्रमितको १८.३३ प्रतिशत उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।पछिल्लो २४ घण्टामा १५८ पुरुष र १८ महिला गरी १७६ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन्।

">