काठमाडौं। कोरोना कहरले पूरा विश्वलाई आक्रान्त पार्दा मादक पदार्थप्रेमीले चाहिँ राहत महसुस गरेको हुन सक्छ। कारण- आजकाल काठमाडौंका सडकमा ट्राफिक प्रहरीको चेकजाँच छैन।
कोरोना भाइरस संक्रमणले महामारीको रूप लिएका बेला सवारी चालकलाई ‘हा...’ गर्न लगाउने वा ब्रेथलाइजरबाट परीक्षण गर्न सक्ने अवस्था छैन।
दुवै तरिकामा भाइरसको संक्रमण फैलिने जोखिम रहन्छ। यसले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउन रूचाउनेहरूको मनोबल बढेको हुन सक्छ।
कोरोनाको संक्रमण फैलिनबाट रोक्ने उद्देश्यमा सामाजिक दूरी कायम रहोस् भनेर गरिएको लकडाउनमा प्रहरीले नजिक गएर मापसे गरे/नगरेको जाँच्न सक्ने अवस्था थिएन। तथापि त्यसअवधिमा मापसे गरेर सवारी चलाउने थुप्रै चालकलाई कारबाही गरेको तथ्यांक ट्राफिक प्रहरीसँग छ।
तर, वास्तविकता त्यसो होइन। ट्राफिक प्रहरीले आफ्नो अत्यन्तै सफल अभियानका रूपमा लिएको मापसेरहित सडक बनाउने प्रयासलाई फरक तरिकाले निरन्तरता दिइरहेको छ। मापसे गरेर सवारीसाधन चलाए जुनसुकै बेला पनि ट्राफिकको फन्दामा पर्न सकिन्छ।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल मुख सुँघ्ने वा ब्रेथलाइजर प्रयोग गर्ने तरिका काम नलाग्ने समयका लागि वैकल्पिक उपायबाट काम गर्ने योजना बनिरहेको बताउँछन्। यसका लागि ट्राफिक प्रहरीको अनुभव र जुझारूपनलाई रचनात्मक तरिकाले प्रयोग गरिन्छ।
कोरोना भाइरसको महामारीले विश्वव्यापी रूप लिन थालेसँगै सरकारले ११ चैतबाट देशैभरि लकडाउन घोषणा गरेको थियो।

लकडाउनको समयमा मापसे गरेर सवारीसाधन चलाएकै कारण सातवटा दुर्घटना भएको तथ्यांक ट्राफिक प्रहरीसँग छ। यो अवधिमा ३७ जनालाई मापसे गरेर सवारी चलाएबापत् कारबाही थालिएको छ।
१२ जेठमा भक्तपुरको ठिमी चोकमा गत महीना दुईवटा टिपर आपसमा ठोक्किए। बा ४ ख ४७०१ नम्बरको टिपर र बा ४ ख ४३१८ नम्बरको टिपर अनियन्त्रित भएर ठोक्किँदा चोकमा सुरक्षार्थ खटिएका प्रहरी नायव निरीक्षक(सई) गम्भीर घाइते भए।
दाङको रामपुर गाउँपालिका घर भएका ४५ वर्षीय सई नीमबहादुर घर्ती मगरको उपचारका क्रममा नर्भिक अस्पतालमा मृत्यु भयो। प्रहरीले दुवै टिपर चालकलाई नियन्त्रणमा लियो। सो क्रममा बा ४ ख ४३१८ नम्बरका टिपर चालकले मापसे गरेको पुष्टि भयो।
१० वैशाखमा काँडाघारीमा प्रदेश ३-०२-००६ प २९७० नम्बरको मोटरसाइकल दुर्घटना भयो। चालक काठमाडौं मूलपानी बस्ने २८ वर्षका रविन तामाङले मापसे गरेर मोटरसाइकल चलाएको पुष्टि भयो।

.jpg)
कडा लकडाउनको जोखिमपूर्ण समयमा समेत सवारी चालकमा मापसेप्रेम देखेको ट्राफिकले खुकुलो हुँदा मापसे गरेर सवारी चलाउने क्रम बढ्न सक्ने भन्दै निगरानी कडा पार्ने योजना बनाएको छ।
कोरोना भाइरसको संक्रमण र जोखिम शुरू हुनुअघि मापसे परीक्षणमा ब्रेथलाइजर प्रयोग हुन्थ्यो। लकडाउन यता मेसिनबाट मापसे जाँच बन्द गरिएको छ। कोरोनाको त्रास झन् बढेको अवस्थामा अब ट्राफिक प्रहरीले मापसे गरेर सवारी चलाउनेलाई कसरी नियन्त्रण गर्ला त?
महाशाखा प्रमुख ढकाल भन्छन्, “तत्काल ब्रेथलाइजर लगाउने योजना छैन। त्यो जोखिमपूर्ण काम हो। ब्रेथलाइजर प्रयोग भोलिको दिनमा संक्रमणको अवस्था कत्तिको नियन्त्रणमा आउँछ भन्ने कुराले निर्धारण गर्छ। तर, हामीसँग अरू उपाय छन्।”
“चालकहरू आफैंले नियम पालना नगरे हामीसँग धेरै उपाय छन्। ट्राफिक प्रहरीले मापसेका सबै स्रोतहरू पहिचान गरिसकेको छ। ट्राफिक प्रहरी सडकमा गुडेका सवारी देखेको भरमा नै मापसे गरे/नगरेको पत्ता लगाउने अनुभव पनि हुने भएकाले विशेष निगरानी गरिन्छ।”
सडकमा खटिएको ट्राफिक प्रहरीले सवारी चालकको हाउभाउ र हुलिया हेरेरै अनुमान लगाउन सक्नेमा ढकाल विश्वस्त छन्। यसका साथै मापसे गर्ने सम्भावित स्थलदेखि नै निगरानी बढाउने ट्राफिकको योजना छ।
“ब्रेथलाइजर छैन भनेर छुट दिने भन्ने हुँदैन। हामी अन्य तरिका अपनाएर पनि मापसे न्यूनीकरण गर्छौं। यो महाविपतको बेलामा सबैले सचेत हुनुपर्छ। दुर्घटनाको मुख्य कारण मापसे हो भन्ने कुरा जगजाहेर नै छ। सबैले यो बुझिदिन पर्यो,” उनले थपे, “चालकहरू आफैंले नियम पालना नगरे हामीसँग धेरै उपाय छन्। ट्राफिक प्रहरीले मापसेका सबै स्रोतहरू पहिचान गरिसकेको छ। ट्राफिक प्रहरी सडकमा गुडेका सवारी देखेको भरमा नै मापसे गरे/नगरेको पत्ता लगाउने अनुभव पनि हुने भएकाले विशेष निगरानी गरिन्छ।”
मापसे गर्ने मुख्य थलोका रूपमा रहने होटल तथा रेष्टुरेन्टहरू अहिले लकडाउनमा बन्द भए पनि लुकीछिपी सञ्चालन गरिरहेको जानकारी आफूसँग भएको उनले बताए।
“त्यस्ता होटल रेष्टुरेन्टमा शादा पोशाकका प्रहरीमार्फत् निगरानी गर्ने काम थाल्छौं। सडकमा पनि चनाखो भएर मापसे नियन्त्रण गर्ने काममा कुनै कसर छोडिन्न,” उनले भने।
" /> काठमाडौं। कोरोना कहरले पूरा विश्वलाई आक्रान्त पार्दा मादक पदार्थप्रेमीले चाहिँ राहत महसुस गरेको हुन सक्छ। कारण- आजकाल काठमाडौंका सडकमा ट्राफिक प्रहरीको चेकजाँच छैन।कोरोना भाइरस संक्रमणले महामारीको रूप लिएका बेला सवारी चालकलाई ‘हा...’ गर्न लगाउने वा ब्रेथलाइजरबाट परीक्षण गर्न सक्ने अवस्था छैन।

">