काेभिड-१९ काे जोखिम बढेपछि अत्तरिया बजार बन्द <p>कैलाली। कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि अत्तरिया बजारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै पसल तथा व्यवसाय&nbsp; बन्द गरिएका छन्।</p> <p>गोदावरी नगरपालिकाको आग्रह र&nbsp; उद्योग वाणिज्य संघको सहमतिमा अर्काे सूचना जारी नहुँदासम्म बजार पूर्णरूपमा बन्द गरिएको संघका अध्यक्ष अशोक देवकोटाले जानकारी दिए।&nbsp;</p> <p>सो नगरपालिका २४ जेठमा पहिलोपटक एकजनामा कोरोना संक्रमण पुष्टि भएको र&nbsp; ३२ जेठमा गोदावरी-१ का ४६ वर्षीय पुरुषको कोराना संक्रमणबाट मृत्यु भएको थियो।</p> <p>सो नगरपालिकामा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको जनाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्