स्याङ्जा। स्याङ्जा सहयोग समाज कुवेतले चापाकोटलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको छ। चापाकोट नगरपालिका र हरिनास गाउँपालिकालाई एक/एक वटा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेसँगै यसपटक चापाकोटलाई सहयोग गरिएको समाजका महासचिव श्रवण गाहामगरले बताए।
“कुवेतमा रहेको समितिको पहलमा एम्बुलेन्स खरिदका लागि ब्यक्तिगत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर रकम सङ्कलन गरेका थियौं,” महासचिव मगरले भने, “हामीले राखेको विशुद्ध सामाजिक कार्यले मूर्तरुप पाएको छ।” यसअघि हरिनास गाउँपालिकामा रहने गरी टाटा सुमो कम्पनीको एम्बुलेन्स हस्तान्तरण गरिएको र अहिले महिन्द्रा कम्पनीको बोलेरोमा अत्यधुनिक प्रविधि जडान भएको एम्बुलेन्स उपलब्ध गराइएको हो।
दुईवटा एम्बुलेन्स खरिदका लागि भन्सार छुटसहित झण्डै २३ लाख लागेको समाजका महासचिव मगरले बताए। ग्रामीण वस्तीमा यातायातका साधन प्राप्त गर्न सहज पहुँच नपुग्ने भएकाले बिरामीलाई सहजरूपले ओसारपसार गर्दा राहत हुने समाजका सल्लाहकार विश्वास पुरीले बताए।
एम्बुलेन्सलाई व्यवस्थितरूपमा चलाउन समिति बनाउने तयारी भइरहेको छ। नगरपालिकाको पायक पर्ने स्थानमा एम्बुलेन्स राखिनेछ। चापाकोटसहित पाल्पाको रामपुर नगरपालिकाका बासिन्दाले सहजरूपमा सेवा लिन सक्ने छन्। रासस