नाबालिका करणी प्रयासको आरोपमा एकजना पक्राउ
राेल्पा। नाबालिकालाई करणी प्रयास गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

त्रिवेणी गाउँपालिकाका ३८ वर्षीय पुरुष आफ्नै छिमेकी नाबालिकालाई करणी प्रयास गरेको आरोपमा पक्राउ परेका हुन्।

उनीविरुद्ध नाबालिकाका आफन्तले ३२ जेठमा प्रहरीमा जाहेरी दिएपछि नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष केसीले जानकारी दिए।

उनका अनुसार पीडित नाबालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र रिपोर्ट आउन बाँकी छ।

नाबालिकाको अवस्था अहिले सामान्य रहेको जनाइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्