चीन र भारतका विदेशमन्त्रीबीच भिडिओ कन्फ्रेन्स हुने, रुस पनि सहभागी हुने

काठमाडाैं। चीन र भारतबीच बढ्दो तनावलाई घटाउन दुई देशका विदेशमन्त्रीबीच मंगलबार भिडिओ कन्फ्रेन्समार्फत् कुराकानी हुने भएको छ।

यो भिडिओ कन्फ्रेन्समा रुसका विदेशमन्त्री सहभागी हुने भारतीय मिडियाले उल्लेख गरेका छन्।

चीन र भारतबीच पछिल्लो समय बढ्दो तनावलाई घटाउन रुसले प्रयास गरिरहेको बुझिएको छ। भिडिओ कन्फ्रेन्समा चीनका विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस. जयशंकर सहभागी हुनेछन्।

रुसले मंगलबार हुने भनिएको भिडिओ कन्फ्रेन्सको लागि १७ जुनबाट पहल शुरू गरेको थियो।

जुन १५-१६ को राति लद्दाखको गलवान क्षेत्रमा चीन र भारतीय सेनाबीच हिंसात्मक झडप भएको थियो।

झडपमा एक कर्णेलसहित २० जना भारतीय सैनिक मारिएका थिए। त्यसपछि उक्त क्षेत्रलाई लिएर चीन र भारतबीच तनाव बढेको थियो।

यसलाई मत्थर गर्न रुस भित्रभित्रै लागेको र भिडिओ कन्फ्रेन्सको लागि दुवै देशलाई मनाउन सफल भएको भारतीय मिडियाले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्