काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा सहमति जुटाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले यस्तो प्रस्तावमा सहमति जनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
नागरिकता विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्र अंगीकृत नागरिकता पाउने व्यवस्था गर्ने सहमति जुटेकाे उनले जानकारी दिए।
त्यसका लागि विवाह गरेर आएको सात वर्षपछि सम्बन्धित देशको नागरिकता वा अन्य कुनै परिचय खुल्ने कागजात त्याग गरेको प्रमाण भने पेश गर्नुपर्ने सहमति भएको छ।
सात वर्षपछि नागरिकता दिने भन्ने प्रस्तावमा अन्य दलको सहमति भने बनिसकेको छैन। मुख्य गरेर मधेशी दलहरूले यसलाई मानेका छैनन्।
नागरिकता विधेयक राज्य व्यवस्था तथा सुशासन समितिमा दुई वर्षदेखि अड्किएको छ। प्रवक्ता श्रेष्ठले आजको बैठकमा पनि एमसीसी परियोजनाको विषयमा कुनै छलफल हुन नसकेको जानकारी दिए।
यसअघि बस्न नसकेका सचिवालय बैठकमा एमसीसीका बारेमा छलफल गर्ने भनिएपनि टुंगो लाग्न सकेको छैन।
" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी बुहारीलाई सात वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्तावमा सहमति जुटाएको छ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले यस्तो प्रस्तावमा सहमति जनाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

">