फाइल तस्वीर
पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध <p>काठमाडौं । गए रातिदेखि परेको अविरल वर्षाका कारण पर्वत जिल्लाको कुश्मा नगरपालिका-१ सहस्रधारामा आज बिहान पहिरो खस्दा मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध भएको छ।&nbsp;</p> <p>पहिरोका कारण कुश्मादेखि बागलुङ र बेनी हुँदै मुस्ताङसम्म जाने लोकमार्ग अवरुद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालयका निरीक्षक बुद्धि सुवेदीले पहिरो हटाएर लोकमार्ग सञ्चालन गर्ने काम भइरहेको जानकारी गराएका छन्।</p> <p>स्काभेटरले पहिरो हटाउने काम गरिरहे पनि वर्षा नरोकिएको कारण पहिरो खस्ने क्रम जारी रहेको उनले बताए। &lsquo;पानी पर्न र पहिरो खस्&zwj;न नरोकिएकाले समस्या भइरहेको छ,&rsquo; उनले भने।</p> <p>पहिरोका कारण बिहानदेखि सडकसँगै कुश्मा-बागलुङ ३३ केभी प्रसारण लाइन पनि अवरुद्ध बनेको छ। पहिरोले प्रसारण लाइनमा क्षति पुर्&zwj;याउँदा बागलुङ र म्याग्दीमा विद्युत् सेवा अवरुद्ध भएको हो। विद्युत् प्रसारणलाई सञ्&zwj;चालनमा ल्याउन काम भइरहेको विद्युत् प्राधिकरण कार्यालयले जनाएको छ। पहिरोका कारण अन्य मानवीय र भौतिक क्षति भने नभएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्