'ला लिगाको बाँकी खेल जितेमा बार्सिलोनाले उपाधि जित्छ' <p>काठमाडौं। गोलकिपर मार्क-आन्द्रे टेर स्टेगेनले बार्सिलोनाले लिगको बाँकी खेल जिते स्पेनिस ला लिगाको उपाधि जित्&zwj;ने विश्&zwj;वास व्यक्त गरेका छन्।&nbsp;</p> <p>गएराति बार्सिलोनाले तेस्रो स्थानको सेभियासँग गोलरहित बराबरी खेलेपछि ला लिगको उपाधि होड खुला भएको थियो। बार्सिलोना बराबरीमा रोकिएपछि दोस्रो स्थानको रियाल मड्रिडसँग अंक दूरी बढाउने मौका गुमाएको थियो। आइतबार रियालले रियाल सोसिडाडलाई पराजित गरे शीर्ष क्बल बार्सिलोनासँग अंक बराबरी गर्नेछ।&nbsp;</p> <p>बार्सिलोनाविरुद्ध &lsquo;हेड टु हेड&rsquo; मा रियाल माथि पर्नेछ। रियालले गत मार्चमा सम्पन्&zwj;न एल क्लासिकोमा बार्सिलोनालाई पराजित गरेको थियो। तर गोलकिपर टेर स्टेगन लिगको बाँकी खेल जितेमा बार्सिलोनामा लिग उचाल्नेमा विश्&zwj;वस्त छन्।&nbsp;</p> <p>&lsquo;&lsquo;हामीले प्रतिस्पर्धीको नतिजामा पनि भर पर्नु पर्ने भएको छ। तर हामीले आफ्नौ प्रदर्शनमा सुधार गर्नु पर्नेछ,&rsquo;&rsquo; गोलकिपर टेर स्टेगनले भने, &lsquo;&lsquo;पक्कै पनि हामीले आफ्नो तर्फबाट उत्कृष्&zwj;ट प्रदर्शन गर्नुपर्नेछ। तर म विश्&zwj;वस्त छु कि बाँकी सबै खेल जित्यौं भने हामी उपाधि जित्&zwj;नेछौं।&rsquo;&rsquo;</p>
प्रतिक्रिया दिनुहोस्